१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय

प्रधानमन्त्रीको विदेश भ्रमणबारे भारतको चासोः मन्त्री शर्मा

प्रधानमन्त्रीको विदेश भ्रमणबारे भारतको चासोः मन्त्री शर्मा
file photo
अ अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण वैशाख दोस्रो हप्तासम्म भइसक्ने बताउनुभएको छ ।

बिहीवार भारतको दिल्लीमा आयोजित एक कार्यक्रमपछि नेपाली राजदुतावासमा प्रवासी नेपालीहरुसँगको भेटवार्ताका क्रममा न्युज एजेन्सी नेपालका दिल्ली प्रतिनिधिसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री शर्माले प्रधानमन्त्री दाहालले पहिलो विदेश भ्रमण भारतबाट नै शुरु गर्ने र अप्रिल महिनासम्ममा भ्रमण भइसक्ने जानकारी आफूले भारत सरकारलाई दिएको बताउनु भयो ।

उहाँले इन्टरनेशनल टेलिकम युनियनको क्षेत्रीय कार्यालय उद्घाटन कार्यक्रमका क्रममा प्राविधिक धेरै विषयवस्तुमा छलफल भएको बताउनु भयो । उहाँले भारत सरकारसँगको छलफलमा आफूले सुनौली नाका बाहेकका अन्य नाकाहरुमा पनि सहज आदानप्रदान हुनेगरी सञ्चालनमा ल्याउन आग्रह गरेको बताउनु भयो । उहाँले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन प्रदान गर्न पनि भारत सरकारसँग आग्रह गरेको बताउनु भयो । उहाँले भारतमा बसेर नेपाली टेलिभिजन च्यानल हेर्न सहज बनाउनका लागि पनि भारतीय मन्त्रीहरुसँग कुरा राखेको बताउनु भयो ।

मन्त्री शर्माले भन्नुभयो, ‘भारतका मन्त्रीहरुसँगको कुराकानीमा हामी भूपरिवेष्ठित राष्ट्र भएकाले समुन्द्रसम्म हाम्रो फाइबर बिछ्याउने कुरामा र सञ्चार क्षेत्रमा भएका विषयहरुमा त्यसलाई उठाएका छौँ । सुनौली नाकाबाट मात्रै धेरैजसो समान जान्छ, त्यसलाई अन्य नाकाहरु पनि सञ्चालन गर्न र हामीले भारतबाट नेपालमा फोन गर्दा सहुलियत दिन र नेपालीहरुले सिम कार्ड निकाल्दा सहजता दिन र भारतमा बसेर नेपाली च्यानल हेर्न सहज होस् भन्नेकुरा उठाएका छौँ । नेपाल पनि डिजिटल युगमा प्रवेश गर्दैछ र भारत यसमा अगाडि छ भारतले नेपाललाई उदारताका साथ हेरोस् टेक्नोलोजी सिकाउन कुरामा भन्नेकुरा भएका छन् ।

आईटी क्षेत्रमा नेपालमा दक्ष जनशक्ति विकास गर्न आईटी क्षेत्र र साइबर क्षेत्रको अध्ययनमा भारतले हेरोस् भन्नेकुरा उठाएका छौँ, यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ । उहाँहरुले प्रधानमन्त्रीको भारत भ्रमणलाई लिएर जिज्ञासा राख्नुभएको थियो, हामीले प्रधानमन्त्रीले सम्भवतः भारतभ्रमणबाट नै विदेश भ्रमण हुन्छ भनेका छौँ । सरकारले बिस्तार पाएपछि प्रधानमन्त्रीको भारत भ्रमण हुन्छ भनेका छौँ । अप्रिल महिनामा हुन्छ ।’

मन्त्री शर्माले भारतले नेपाललाई उदारताका साथ प्राविधिक विषयहरुमा सहयोग गर्न पनि आफूले आग्रह गरेको बताउनु भयो । भारत सरकार आफूले राखेका मागहरुमा सकारात्मक रहेको उहाँको भनाइ छ ।