११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा

‘कोरोनातन्त्र’ ले गरेको शासन सूत्रउपन्यासमा
अ अ+ अ-

काठमाडौँ । आख्यानकार रवीन्द्र समीरको नयाँ उपन्यास ‘कोरोनातन्त्र’ सार्वजनिक भएको छ । चिकित्सा क्षेत्रमा डा रवीन्द्र पाण्डे नामले चिरपरिचित उहाँको सो सूत्र उपन्यासमा वैश्विक महामारी कोरोनासँग सम्बन्धित अनेक घटनालाई लघुकथा शैलीमा तीक्ष्ण व्यङ्ग्य गरिएको छ ।

महामारीको यो अत्यासलाग्दो विभीषिकालाई शब्दमा सङ्गठित गर्दै कल्पना मिसेर व्यङ्ग्यात्मक शैलीमा लेखिएको सूत्रउपन्यास वर्तमान पुस्ताका लागि आफूले भोगेको विगत तथा भावी पुस्ताका लागि महामारीको गतिलो इतिहास हुनेछ । लघुकथाका थुँगाहरूलाई पृथक् आयामबाट एउटै सूत्रमा उनेर बनाइएको माला जस्तो यो उपन्यास भित्र पृथक् अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् । तिनलाई समयको डोरीले बाँधेर सूत्रउपन्यास बनाइएको हो ।

वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, शय्या र अक्सिजन अभाव, सरकारी अकर्मण्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई उपन्यासमा बुनिएको छ । कोरोनातन्त्रका हरेक लघुकथामा कोरोनाकालका उखान तथा शास्त्रीय भनाइले पुस्तकलाई थप ओजिलो बनाएको छ । पुस्तकको केन्द्रीय पात्र डा शर्माको भोगाइ तथा अनुभवले उपन्यास निकै बाँधिएको छ । कोरोना भाइरसले कोरोनातन्त्रका गरेको शासनलाई पुस्तकमा सुललित रूपमा उतारिएको छ । इन्डिगो इन्कले बजारमा ल्याएको सो पुस्तक महामारीको जीवन्त दस्तावेजका रूपमा रहने विश्वास गरिएको छ ।

कोरोनाकालमा लेखकले चिकित्सकका हैसियतले नेपाल सरकारका विभिन्न निकायका साथै जनताका घरदैलामा स्वयंसेवक भई सेवा गर्नुभएको थियो । नेपाली साहित्य विशेषगरी लघुकथा र लघुकथात्मक उपन्यासका सर्जक समीरका यसअघि ‘तेस्रो आँखा’ ९ २०५३ ०, ‘पोस्टमार्टम’ (२०६२ ), ‘विकिरण’ (२०६३), ‘ईश्वरका कथा’ (२०६५ ), ‘अर्जुनदृष्टि’ ( २०६७ ), ‘अणु र पहाड’ ( २०६९ ), ‘व्यंग्यम् शरणं गच्छामि’ (२०७०) र ‘एकलव्य दृष्टि’ (२०७१) लघुकथासङ्ग्रह प्रकाशित छन् ।

उहाँका ‘चाँदीको घेरा’ (मुक्तकसङ्ग्रह, २०६२), ‘ग्रेटवालको ग्रेट अनुभूति’ (नियात्रासङ्ग्रह, २०६६), ‘भूकम्पमा मल्हमपट्टी’ (संस्मरण, २०७३), ‘मृत्युको आयु’ (उपन्यास, २०७६ ) पनि प्रकाशित छन् । समीरले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुस्तक पुरस्कार, रमेश विकल समाजसेवा सम्मान, साहित्य सन्ध्या पुरस्कार, नेपाल विद्याभूषण पदकलगायत दर्जनौँ राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गर्नुभएको छ । रासस