११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

स्थानीयले पिपल फाल्न नदिएपछि…

स्थानीयले पिपल फाल्न नदिएपछि…
अ अ+ अ-

तुलसीपुर । वरिपरि कालोपत्र गरिएको छ, बीचमा पिपलको रुख छ । यो दृश्य तुलसीपुर उपमहानगरपालिका–११ को वडा कार्यालयदेखि पश्चिमतर्फ गएको सडकको हो । सडक कालोपत्र गर्ने क्रममा सडकको बीचमा रहेको पिपलको बोट स्थानीय चौधरी समुदायले फाल्न नदिएपछि रुखको वरिपरि कालोपत्र गरिएको छ ।

“रुख चौधरी समुदायका पूर्खाले रोपेका रहेछन्”, वडाध्यक्ष मानबहादुर रावतले भन्नुभयो, “स्थानीयले रुख कुनै पनि हालतमा फाल्न नदिने भनेपछि, रुखको वरिपरि कालोपत्र गरिएको हो ।”

स्थानीय ज्ञानबहादुर चौधरीका हजुरबुवाले धेरै वर्ष पहिले उक्त पिपल रोपेकाले रुख फाल्न अनुमति दिन नसकिएको स्थानीयको भनाइ छ । पिपल फाल्न नदिए पनि स्थानीयले सडकका लागि थप तीन मिटर जग्गा उपलब्ध गराएको वडाध्यक्ष रावतले बताउनुभयो ।

“विगतमा सडक छेउ रहेको पिपल सडक बिस्तारका क्रममा बीच भागमा पुगेको छ”, उहाँले भन्नुभयो, “सडक बिस्तारपछि सडक पाँच मिटरबाट १० मिटर बनाइएको छ ।”

तुलसीपुर उपमहानगरपालिका–८ को कृष्ण मन्दिरदेखि पश्चिम टिकरीतर्फ जाने सडकमा पनि सडकबीचमै पोल राखेर कालोपत्र गरिएको छ । सडकको बीचमा पर्ने पोल हटाउनका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बजेट अभावका कारण पोल हटाउन नसकिएको तुलसीपुरस्थित विद्युत् कार्यालये जनाएको छ ।

“हामीसँग सडकबीचमा रहेका पोल हटाउन बजेट हुँदैन । सम्बन्धित कार्यालयले पोल हटाउन बजेट छुटर्‍याएर काम गर्ने हो”, विद्युत् कार्यालय तुलसीपुरका प्रमुख ज्ञानप्रसाद फर्सालले भन्नुभयो । सडकका पोल हटाउन पनि केन्द्रबाट अनुमति लिनुपर्ने उहाँको भनाइ छ ।

“सडक निर्माण भइसकेपछि मात्रै जानकारी दिने गरिएकाले यस्तो समस्या आएको हो । पहिल्यै जानकारी दिएपछि हामीलाई पनि सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो ।

यसरी सडक बीचमा रुख, पोल पर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ । तुलसीपुर–८ निवासी कृष्ण केसीले मोटरसाइकल चलाउँदा सडक बीचमा पोल नदेख्ने तथा झुक्किने गरेको बताउनुभयो । “हामी बानी परेकालाई त केही हुँदैन”, उहाँले भन्नुभयो “नयाँ मानिसलाई सवारीसाधन चलाउन समस्या हुन्छ, पोलमा ठोक्किने सम्भावना हुन्छ ।” रासस