• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा

बैतडीमा नेविसंघको ‘क्लिन स्वीप’



काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले क्लिन स्वीप गरेको छ । यहाँका तीनवटै क्याम्पसमा नेविसंघले जित हात पारेको हो ।

पाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिका उम्मेदवार भागरथी भट्ट विजयी भएका छन् । भट्टले ८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत मात्रै ल्याए ।

यस्तै, सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको छ । सभापतिमा नेविसंघका धनी भट्ट १२० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै प्राप्त गरे ।

यस्तै, मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै सभापतिमा नेविसंघका नवराज भट्टले ७० मत ल्याएर जित हात पारे । उनका प्रतिष्प्रधी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत ल्याए ।