१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा नेविसंघको ‘क्लिन स्वीप’



अ+ अ-

काठमाडौँ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय (सुप) अन्तर्गत बुधबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा बैतडीमा कांग्रेसनिकट नेपाल विद्यार्थी संघले क्लिन स्वीप गरेको छ । यहाँका तीनवटै क्याम्पसमा नेविसंघले जित हात पारेको हो ।

पाटन बहुमुखी क्याम्पसमा नेविसंघबाट सभापतिका उम्मेदवार भागरथी भट्ट विजयी भएका छन् । भट्टले ८९ मत ल्याउँदा उनका प्रतिस्पर्धी अनेरास्ववियुका निरन्जन पन्तले ७४ मत मात्रै ल्याए ।

यस्तै, सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसमा नेविसंघको प्यानलै विजयी भएको छ । सभापतिमा नेविसंघका धनी भट्ट १२० मत ल्याएर विजयी भए । उनका प्रतिद्वन्द्वी अनेरास्ववियका योगेश मौनीले ३६ मतमात्रै प्राप्त गरे ।

यस्तै, मणिलेक क्याम्पस मेलौलीमा स्ववियु सभापतीमा नेवि संघको प्यानलै विजयी भएको छ । अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनलाई पराजित गर्दै सभापतिमा नेविसंघका नवराज भट्टले ७० मत ल्याएर जित हात पारे । उनका प्रतिष्प्रधी अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच भएको गठबन्धनका साझा उम्मेदवार धनीदत्त भट्टले ४४ मत ल्याए ।