२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीले मन्त्रीकै गाडीमा लक लगाएपछि…



अ+ अ-

काठमाडौं । ट्राफिक प्रहरीले एक जना मन्त्रीको गाडीमा लक लगाएको छ । आइतबार बानेश्वरमा गलत ठाउँमा पार्किङ गरेपछि ट्राफिक प्रहरीले “व्हिल लक” लगाइदिएको छ ।

बा२ झ ३१४२ नम्बरको उक्त गाडीको चक्कामा ट्राफिक प्रहरीले लक लगाइदिएको हो । फोर्ड कम्पनीको उक्त गाडी नयाँ बानेश्वरको सडकमा पार्किङ गरिएको थियो ।

सामाजिक सञ्जाल ट्विटरमा भुवन थापाले सार्वजनिक गरेको उक्त गाडीको तस्बिर हेर्दा नयाँ बानेश्वरमा अहिले राखिएको आकाशे पुल पनि देख्न सकिन्छ ।

यो गाडी कुन मन्त्रालयको हो भन्ने खुलेको छैन ।