५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई प्रधानमन्त्रीको बधाई



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई आज आफ्नो कार्यकक्षमा बोलाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको हो ।

साथै उहाँले आगामी कार्यकालमा अझै जनमुखी सेवा प्रवाह र शान्ति सुरक्षामा अब्बल भूमिका निभाउन निर्देशनसमेत दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।रासस