२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिजुली पोलमा मोटरसाइकल ठोक्किएर लड्दा चौधरीको निधन



अ+ अ-

धनगढी । कैलालीमा मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धनगढी-१७ धुर्जन्ना सुकुम्बासी बस्तीका २८ वर्षीय सीताराम चौधरी रहेका छन् । 

आफू सवार मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर लडेपछि चौधरीको आइतबार दिउँसो मृत्यु भएको हो।

घाइते चौधरीलाई अत्तरियाको पदमा अस्पताल ल्याइए पनि त्यहाँ उपचार सम्भव नभएर सेती प्रादेशिक अस्पताल रिफर गरिएको केहीबेरमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।