२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो, विपक्षीले सोमबारबाट बहस गर्ने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएको छ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थिए ।

१ सय ४६ सांसदका तर्फबाट आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । 

'रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थियौं त्यो समय सकिएको छ,' प्रधानन्यायाधीश जबराले भने ।

विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए ।

विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।

त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ ।