२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रिट निवेदकका कानुन व्यवसायीको बहस सकियो, विपक्षीले सोमबारबाट बहस गर्ने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदकका कानुन व्यवसायीको बहस सकिएको छ ।  सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थिए ।

१ सय ४६ सांसदका तर्फबाट आइतबार रिट निवेदक सांसदका कानुन व्यवसायीको बहस सकिएको हो । 

'रिट निवेदकलाई हामीले १२ घण्टा समय दिएका थियौं त्यो समय सकिएको छ,' प्रधानन्यायाधीश जबराले भने ।

विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा लगायतको बहस सोमबारबाट सुरु हुने प्रधानन्यायाधीश जबराले इजलासमा जानकारी दिए ।

विपक्षीका लागि १५ घण्टा समय छुट्याइएको छ ।

त्यसपछि एमिकस क्युरीले आफ्नो राय दिनेछ । एमीकस क्युरीले राय दिएपछि ३ घण्टा रिट निवेदकका कानुन व्यवसायीले प्रत्युत्तर बहस गर्नेछ ।