२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जातीय विभेद हाम्रा धर्म गुरुहरूका लागि प्रमुख मुद्दा किन बनेको छैन ?



अ+ अ-

काठमाडौं । जबजब हिन्दू धर्मका अनेक कुसंस्कार मेरो अगाडि आउँछन्, मलाई लाग्छ के साँच्चिकै म हिन्दू धर्म मान्छु भनेर गर्व गर्नुपर्छ त ? कतिपय पण्डितहरू कुराकानीका क्रममा भन्छन्, “हिन्दू धर्ममा भएका कुसंस्कार त पछि थपिएका हुन्, वास्तवमा हिन्दू धर्म यस्तो होइन ।”

त्यसो भए पण्डित र धर्मगुरुहरू ठूलो स्वरमा पुराण लगाउँदा धर्म र परम्पराका नाममा भइरहेका विकृतिबारे किन बोल्दैनन् ? जातीय विभेद हाम्रा धर्म गुरुहरूका लागि प्रमुख मुद्दा किन बनेको छैन रु मन्दिरमा सबै पस्न र पूजा गर्न पाउनुपर्छ भनेर पण्डितजीहरू किन ठूलो आवाज गर्दैनन् । रजस्वला भएकी महिलामाथि हुने विभेद अन्त्यका लागि खोइ ठूलो स्वर पारेको ?

‘बाबा’हरूले आफ्ना महिला भक्त, मुल्लाहरूले मदरसामा आउने किशोरी, पादरीले चर्चमा रहेका साना बालक, बौद्ध धर्मगुरुले गुम्बामा बस्ने आनीमाथि यौन शोषण गरेको खुलासा बारम्बार भइरहन्छ । तैपनि सबै धर्मका ‘अगुवा’ हरू यस्ता विकृति विरुद्ध बोल्दैनन् ।

सामाजिक मुद्दामा न धार्मिक अगुवा बोल्छन्, न नेता नै । नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्नेहरूले धर्म र परम्पराका नाममा महिलामाथि भइरहेको विभेद रजातीय विभेद हिंसाबारे बोल्दैनन् । नेपाललाई हिन्दू राज्य बनाउनुपर्छ भन्नेहरूलाई देख्दा लाग्छ ईश्वर र धर्म यिनीहरूका लागि राजनीतिको व्यापार मात्रै हो ।