२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रोएशियाका पेरिसिचलाई कोरोना संक्रमण, स्पेनविरुद्धको खेल गुमाउने



अ+ अ-

एजेन्सी । क्रोएसिया फुटबल टिमका फरवार्ड इभान पेरिसिचले युरोकप २०२० अन्तिम १६ अन्तर्गत स्पेनविरुद्धको खेल गुमाउने भएका छन्।

कोरोना पोजेटिभ देखिएपछि ३२ वर्षीय पेरिसिचले नकआउट चरणको खेल गुमाउने भएका हुन् । 

युरोकप अन्तर्गत क्रोएसियाले सोमबार स्पेनसँग खेल्दैछ । पेरिसिच अब १० दिन सेल्फ आइसोलेसनमा बस्नेछन् । 

समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई ३-१ गोलले पराजित गर्दा पेरिसिचले पनि गोल गरेका थिए । यद्यपि क्रोएसियाका अन्य सबै खेलाडी र अफिसियलको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।