२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्वत फलेवासका वडा सदस्यमाथि निर्घात कुटपिट



अ+ अ-

पोखरा । पर्वतको फलेवास नगरपालिका वडा नम्बर ३ का वडा सदस्य मोती प्रसाद भुषालमाथि निर्घात कुटपिट भएको छ ।

घरायसी कुरामा सामान्य भनाभन हुँदा नेपाली कांग्रेसका ६२ वर्षीय भुषाललाई स्थानीय अशोक भुषाल सहितका दुई युवाहरुले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीको अनुसार वडा सदस्य भुषालको नाकको डाँडी भाँच्चिएको र शरीरका विभिन्न भागमा चोट लागेको छ । भुषालको जिल्ला अस्पताल पर्वतमा उपचार हुन नसकेपछि पोखराको गण्डकी मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले बताएको छ ।