११ असार २०८२, बुधबार
,
Latest
बाँकेमा दुई हजार ५७८ हेक्टर क्षेत्रमा चक्ला वन निर्माण अध्यक्ष नेपालमाथिको मुद्दाबारे छलफल गर्न एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र होः पूर्वअर्थमन्त्री पाण्डे कोशीटप्पु वन्यजन्तु आरक्षका विस्थापित परिवारको प्रधानमन्त्रीलाई ज्ञापन दक्षिणपश्चिम चीनमा बाढीबाट ८० हजारभन्दा बढी मानिस विस्थापित नेतान्याहूको दाबीः इजरायलले युद्ध जित्यो, हाम्रो गर्जनले तेहरान काँप्यो पुलाचौरमा ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण एमाले सचिवालय बैठक सर्‍यो आमिर खानले राष्ट्रपति द्रौपदी मुर्मुलाई भेटे बाइल्याटरल ऋण लिन बन्द गर्नुपर्छः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातान्त्रिक विचार समाजद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी र वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राष्ट्रपतिसमक्ष अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अभिनन्दनपत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।

सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा अनिल कार्की, समाजका उपाध्यक्ष डा ईश्वरी लौडारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्रा डा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरू प्राडा भुपेन्द्र बस्नेत, डा वीरबहादुर कार्की, कृष्ण केसी, सिवी मल्ल, मेनुका राजभण्डारी, राजन कुइँकेल र जानुका पन्त, आजीवन सदस्य अञ्जु केसीलगायतको सहभागिता रहेको थियो । रासस