५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रजातान्त्रिक विचार समाजद्वारा राष्ट्रपतिलाई बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रजातान्त्रिक विचार समाजले राष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको कार्यक्रममा समाजका अध्यक्ष केदारनरसिंह केसी र वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले राष्ट्रपतिसमक्ष अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अभिनन्दनपत्र समाजका सचिव वासुदेव भण्डारीले वाचन गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले प्रजातान्त्रिक विचार समाजले लोकतन्त्र र मुलुकलाई अप्ठ्यारो पर्दा सचेतकको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको थियो ।

सो कार्यक्रममा नेपाल चिकित्सक सङ्घका नवनिर्वाचित अध्यक्ष डा अनिल कार्की, समाजका उपाध्यक्ष डा ईश्वरी लौडारी, कोषाध्यक्ष पुष्पमान श्रेष्ठ, बागमती प्रदेश संयोजक भरत दवाडी, लुम्बिनी प्रदेश संयोजक शङ्कर दिवस मजगैया, गण्डकी प्रदेश संयोजक प्रा डा अकलदेव मिश्र, केन्द्रीय सदस्यहरू प्राडा भुपेन्द्र बस्नेत, डा वीरबहादुर कार्की, कृष्ण केसी, सिवी मल्ल, मेनुका राजभण्डारी, राजन कुइँकेल र जानुका पन्त, आजीवन सदस्य अञ्जु केसीलगायतको सहभागिता रहेको थियो । रासस




भर्खरै