११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती

बाँझो भिरालो जमिनमा कागती र सुन्ताला खेती
अ अ+ अ-

मध्यविन्दु । भिरालो जमिनमा कागती र सुन्तलाले फुल खेल्न थालेको देखेपछि नवलपरासी(बर्दघाट सुस्तापूर्व) बुलिङ्गटार गाउँपालिका–४ सिँचाङ्गका स्थानीय दङ्ग छन् ।

कुनै समय बाँझो जमिन, झाडीले बारी छुट्याउन नमिल्ने, सिँचाइसहितका विविध समस्या झेलेका स्थानीय अहिले भने मेहेनत गरे आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्नेमा विश्वस्त भएका छन् । निर्वाहमुखी खेती गर्दै आएका यहाँका स्थानीयले रहरलाग्दा कागतीका बोट देखेर व्यवसायिक रुपमा कागती, सुन्तला लगाउने योजना बुनेका छन् ।

देवचुली नगरपालिकाका दिपक चापागाईँ र देवी भुसालले विसं २०७६ मा लगाएको कागतीले फुल खेल्न थालेपछि भिराला जमिन हरियाली देखिएका छन् । खेती उब्जनी भएन भनेर छाडेका, झाडीले भरिएका पाखा कागतीका बोटले भरिएपछि स्थानीयमा अब बाँझो जमिन नराख्ने भन्ने सोच आएको हो । पैतालीस वर्षीय टिकिसरा थापा मगरलाई पहिले झाडी भएको जग्गामा किन खेती गर्न लागेको होला भन्ने लागेको थियो । भिरालो जमिनमा मल र पानी नअडिने हुँदा बाली लगाउन समस्या भएपछि बारी बाझै छाड्ने गरेको थापाले बताउनुभयो ।

“एक वर्षमा आधा वर्ष यहाँ भएको उब्जनीले खान पुग्र्दैन, कुखुरा, बाख्रा, बङ्गुर बेचर खानुपर्छ, आम्दानीको स्रोत भनेको नै यही हो”, उहाँले भन्नुभयो, “अब डाँडापाखाको जमिनमा पनि मेहेनत गर्न सके आम्दानी गर्न सकिन्छ भन्ने बल्ल सोच आएको छ, भिरालो जमिनमा पनि कागतीखेती हुने थाहा भयो अब जमिन बाझो नराख्ने योजना छ ।”

कागतीले डाँडापाखाको मुहार परिवर्तन भएको देखेर भुषाल कृषि फर्ममा काम गर्दै आउनुभएका स्थानीय रेखबहादुर राना मगरलाई विदेश नगएर यहीँ कर्म गरेकामा खुसी लागेको छ । तीन वर्ष मलेसिया बसेर घर फर्किनुभएका ३१ वर्षीय राना फेरि विदेश जाने तयारीमा हुनुहुन्थ्यो ।

गाउँमा नै फर्म सञ्चालन गर्ने र काम पाउने भएपछि उहाँ विदेश त जानु भएन् तर भिरालो र झाडी भएको पाखामा खेती हुन्छ भन्नेमा भने उहाँलाई विश्वास पनि लागेको थिएन । मेहेनत गर्ने हो भने यहीँ राम्रो उत्पादन गर्न सकिने रैछ तर आवश्यक ज्ञान, सिप र अवसरको खाँचो रहेको रेखबहादुरको भनाइ छ । हिजो आज रेखबहादुर जिल्लाका विभिन्न स्थानसँगै चितवन, लमजुङसम्म बिरुवा कलमी गर्न जाने गर्नुभएको छ । “विदेशमा जत्ति गर्ने मेहेनत पनि गर्नुपरेको छैन, अहिले फर्मको मासिक तलबसँगै बिरुवा कलमी गरेर आम्दानी गर्ने अवसर मिलेको छ”, उहाँले भन्नुभयो ।

बुलिङ्गटार–४ सिँचाङ्गमा भुषाल कृषि फर्म दर्ता गरी भुसालले २०७६ देखि कागतीखेती शुरु गर्नुभएको हो । बजार मुल्य राम्रो रहेको सुनकागती–१ जातका कागती अहिले यहाँ फुलिरहेका छन् । अहिले फुलेका कागती अब साउनमा बिक्रीका लागि तयार हुने गर्दछ । सत्तरी रोपनीमा दुई हजार कागतीका बिरुवा फुलेका छन् । त्यसमध्ये एक हजार कलमी र एक हजार विजु बिरुवाका कागती हुन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट बिरुवा, सिँचाइका लागि टङ्की, पाइप विस्तार लगायतमा सहयोग पाएको सञ्चालक भुसालले बताउनुभयो ।

लिफ्टिङ्ग मार्फत प्रत्येक बिरुवामा सिँचाइका लागि पाइप विस्तार गरिएको छ भने आवश्यक मलका लागि फर्ममा नै पाडासमेत पालिएको छ । “पहिलो वर्ष दुई हजार बिरुवाबाट करिब १५ क्वीन्टल कागती हुने अपेक्षा गरिएको छ”, फर्मका सञ्चालक भुसालले भन्नुभयो ।

यस्तै बौदीकाली गाउँपालिका वडा नं ६ नेवारबारीमा सुन्तलाको बगैंचा रहेको छ । यहाँ ३५ रोपनी क्षेत्रफलमा एक हजार सुन्तलाका बोटमा फुल खेल्दै छन् । पाँच रोपनीमा सुन्तला र कागतीको नर्सरी छ । सुनकागती–१ र सुनकागती–२, स्थानीय जातका सुन्तलाका बिरुवा कलमी र विजु गरेका २५ हजार बिरुवा हुर्किरहेका छन् ।

वैदेशिक रोजगारीबाट फर्किएर विभिन्न क्षेत्रमा काम गरे पनि स्वदेशमा नै आत्मनिर्भर बन्न कृषिमा नै लाग्नपर्ने देखेपछि चापागाईँले सफल कृषि फर्म दर्ता गरी सुन्तलाखेती शुरु गरेको बताउनुभयो । “जिल्लामा नर्सरी नहुनु, स्वस्थ बिरुवा पाउन गाह्रो, अन्यत्रबाट ल्याउँदा बिरुवा हुर्काउन समस्या भएको हुँदा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको समन्वयमा २०७७ देखि नर्सरी शुरु गरेको हो”, फर्मका सञ्चालक चापागार्इँले भन्नुभयो ।

सुन्तला र कागतीको बगौचा खेती गरेका किसानलाई आवश्यक बिरुवा र नयाँ बगैचा निर्माण गर्न चाहने किसानलाई पनि सुन्तला र कागतीका बिरुवा खोज्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको चापागाईँले बताउनुभयो । “कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अनुदानसहित रु दुई करोडको लगानीमा बगैंचा र नर्सरी खेती गरिएको हो”, उहाँले भन्नुभयो । रासस