१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल—भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो । आउँदो बिहीवारबाट शुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरु व्रत बस्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो ।

उहाँले आज परिषद्को तर्फबाट काठमाडौंमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको बताउनु भयो । अध्यक्ष अन्सारीले रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषद्ले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरु वितरण गर्दै आएको बताउनु भयो । उहाँले व्रतको अवसरमा बारा, पर्सा लगायत जिल्लाका मुस्लिम परिवारलाई पनि सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी आशावादी छौँं । आज १०० भन्दा बढी परिवारको लागि रमजान पर्वको अवसरमा दुतावासको तर्फबाट आर्थिक रुपमा यो संस्थालाई सहयोग दिएको । यो संस्थाले त्यसलाई शुभ रमजान महिनाको अवसरमा आवश्यक परेका परिवारलाई राहत सामग्री दिन्छौँ । हामी विश्वस्त छाँै, यो संस्थाको सिफारिसमा यस्ता काम हुँदै जानेछन् । रमजान, इफ्तार प्याकेज हामीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई व्रतको समयमा इफ्तारका लागि हामीले आवश्यक खाद्यान्न वितरण गरेका हौँ । आज काठमाडौंका लगभग २ सय परिवारको उपस्थित छ । आगामी दिनमा हामी बारा, पर्सा लगायतका जिल्लामा पनि रमजान प्याकेज वितरण गर्नेछौँ ।’

अध्यक्ष अन्सारीले भूकम्प, कोभिड १९ लगायतका विपद्का बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्दै आएको बताउनु भयो ।