२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल—भारत मिलत परिषद् केन्द्रद्वारा २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान



अ+ अ-

काठमाडौँ । नेपाल—भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

परिषद्ले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको हो । आउँदो बिहीवारबाट शुरु हुने एक महिने रमजान पर्वको अवसरमा मुस्लिम समुदायहरु व्रत बस्नुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएका मुस्लिम परिवारलाई व्रत सहजताका साथ सम्पन्न गर्नका लागि रमजान, इफ्तार प्याकेज वितरण गरिएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताउनु भयो ।

उहाँले आज परिषद्को तर्फबाट काठमाडौंमा बसोवास गर्ने आर्थिक अवस्था कमजोर भएका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न प्रदान गरिएको बताउनु भयो । अध्यक्ष अन्सारीले रमजान व्रतको अवसरमा मुस्लिम परिवारलाई लक्षित गरी खाद्यान्न प्रदान गरेपनि अन्य बेलामा भने परिषद्ले सबै समुदायलाई समेटेर खाद्य सामग्रीहरु वितरण गर्दै आएको बताउनु भयो । उहाँले व्रतको अवसरमा बारा, पर्सा लगायत जिल्लाका मुस्लिम परिवारलाई पनि सहयोग गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘हामी आशावादी छौँं । आज १०० भन्दा बढी परिवारको लागि रमजान पर्वको अवसरमा दुतावासको तर्फबाट आर्थिक रुपमा यो संस्थालाई सहयोग दिएको । यो संस्थाले त्यसलाई शुभ रमजान महिनाको अवसरमा आवश्यक परेका परिवारलाई राहत सामग्री दिन्छौँ । हामी विश्वस्त छाँै, यो संस्थाको सिफारिसमा यस्ता काम हुँदै जानेछन् । रमजान, इफ्तार प्याकेज हामीले आर्थिक अवस्था कमजोर भएकाहरुलाई व्रतको समयमा इफ्तारका लागि हामीले आवश्यक खाद्यान्न वितरण गरेका हौँ । आज काठमाडौंका लगभग २ सय परिवारको उपस्थित छ । आगामी दिनमा हामी बारा, पर्सा लगायतका जिल्लामा पनि रमजान प्याकेज वितरण गर्नेछौँ ।’

अध्यक्ष अन्सारीले भूकम्प, कोभिड १९ लगायतका विपद्का बेलामा पनि संस्थाले आर्थिक अवस्था कमजोर भएकाहरुका लागि सहयोग गर्दै आएको बताउनु भयो ।