• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo

साहित्यकार लामा एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित



काठमाडौँ । अमेरिका रहेर नेपाली साहित्य सृजनाका साथै सनमाजिक कार्यमा सकृय सफल व्यवसायी राम लामा अविनाशीलाई भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिएको छ।

आज भारतको कोलकतामा आयोजित एक समारोह वीच साहित्यकार लामालाई पुरस्कृत गरियो । अमेरिकामा एक सफल व्यवसायीकारुपमा स्थापित लामाका विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।
उहाँले २५ सय अमेरिकी डलरको साहित्यिक पुरस्कार समेत स्थापना गर्नु भएको छ। उहाँले अमेरिकाको लस एन्जलसमा निर्माण भएको भगवान बुध्द तथा पशुपति मन्दिर निर्माणकालागि करिव ७० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो ।