५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा गत २४ घण्टामा कोरोनाबाट एक हजार भन्दा कमको मृत्यु



अ+ अ-

नयाँदिल्ली । गत २४ घण्टामा भारतमा ४६ हजार १४८ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएपछि कोरोना सङ्क्रमितको कूल सङ्ख्या  तीन करोड २७ लाख ९ हजार ३३१ पुगेको छ ।
यसै अवधीका भारतमा कोरोना सङ्क्रमणबाट ९७९ व्यक्तिको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ९६ जार ७३० पुगेको छ । 

करिब दुई महिना आधायता २४ घण्टाको  समयावधिमा  भारतमा एक हजार भन्दा कम व्यक्ति कोरोना सङ्क्रमणबाट मृत्यु भएको  जुन २८ मा पहिलो पटक हो । गत अप्रिल १४ मा भारतका कोरोना सङ्क्रमणबाट एक हजार भन्दा बढीको मृत्यु भएको थियो । 

हाल भारतमा पाँच लाख ७२ हजार ९९४ जना सक्रिय सङ्क्रमित रहेका छन् । गत २४ घण्टाको समय अवघिमा ५८ हजार ५७८ व्यक्ति कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । भारतमा कोरोना शुरु भएदेखि हालसम्म दुई करोड ९३ लाख ९ हजार ६०७ व्यक्ति कोरोना मुक्त भएका छन् । रासस