१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैँ तयार छुः सभामुख घिमिरे

व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैँ तयार छुः सभामुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले व्यवसायमैत्री कानून निर्माणका लागि आफू सधैँ तयार रहेको बताउनु भएको छ ।

उहाँले उद्योग व्यवसायमैत्री कानून निर्माण गर्नका लागि राजनीतिक दलहरु र सांसदहरुसँग सहजीकरण गर्न पनि आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । शनिबार ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापना दिवसको अवसर पारेर आयोजना गरेको एक कार्यक्रममा बोल्दै सभामुख घिमिरेले मुलुक भित्रै उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, नेपालमा हुने आयात प्रतिस्थापन गरी निर्यात बढाउनका लागि कानूनको अभाव हुन नदिन आफू सचेत रहेको बताउनु भयो ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीहरुको धर्म भएपनि सामाजिक उत्तरदायित्व बहन गरी मुलुकको दीगो विकासमा अझै बढि योगदान पु¥याउन पनि उहाँले व्यवसायीहरुलाई आग्रह गर्नु भयो । सभामुख घिमिरेले भन्नु भयो, ‘मुलुकको आर्थिक क्षेत्रमा असजिलो परिरहेको परिस्थितिप्रति हामी जानकार छौं । हामीले आज त्यही कुराको पीडा पोखिरहेका छौं । आर्थिक क्षेत्रका योगदान दिईरहनु भएको तपाई उद्योगी, व्यवसायीहरुको अप्ठयारो र असजिलो अवस्थाले व्यापार र रोजागार प्रणालीलाई कसरी अगाडि लैजाने भन्ने कुराहरुमा म तपाईहरुको यी अप्ठ्याराहरुप्रति ऐक्यवद्धता व्यक्त गर्न चाहन्छु ।

यस बीचमा पनि उद्यमी र व्यापारीलाई अगाडि लैजानका लागि निजी क्षेत्रलाई कसरी अगाडि लैजानुपर्छ भन्ने यहाँहरुले सरकारमार्फत गरेका कोसिसहरुलाई अझै व्यवहारिक रुपबाट राज्यले खेल्नुपर्ने भूमिका के हो ? त्यसका लागि यो जिम्मेवारी पूरा गर्नका लागि तपाईहरुले चिन्ता व्यक्त गर्नु भएको कुराप्रति म धन्यवाद भन्न चाहन्छु । उद्योग व्यवसायको प्रवद्र्धनका लागि नेपालका जनप्रतिनिधिहरुको संस्था संसद हो । त्यो संसदले यहाँ आएर ऐक्यवद्धता जनाउनु पर्दछ । तपाईहरुको समस्यालाई सुन्नु पर्छ भनेर म यहाँ आएको पनि तपाईहरुलाई भन्न चाहन्छु । मुलुक भित्र नै उत्पादनमा वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, राष्ट्रिय आयमा वृद्धि गर्ने र नेपालमा हुने आयातलाई प्रतिस्थापन गरी निर्यातलाई वृद्धि गर्नका लागि तपाई उद्योगी, व्यवसायीहरुको योगदान महत्वपूर्ण छ ।

त्यसका लागि कानूनको अभाव रहेको भए वा व्यवसाय मैत्री कानूनहरु बनाउनु पर्दा तपाईहरुको सुझाव लिन निर्धक्क म सभामुखलाई भन्न सक्नु हुनेछ । त्यसका लागि म जहिले पनि तयार रहनेछु । सँगसँगै संस्थाहरुले कानून बनाउने निकाय खासगरीकन राजनीतिक पार्टीहरु र उहाँहरुमार्फत् चल्ने सांसदज्यूहरुलाई आफ्ना समस्याहरु समयमै राखेर समय भित्रै कानून बनाउने कुराहरुमा यहाँहरुको भूमिका रहनेछ । सभामुखको नाताले त्यसलाई सहजीकरण गर्न म सधैं तयारी रहेको कुरा पनि यहाँ राख्न चाहन्छु । व्यवसाय गर्न अनकूल वातावरण आवश्यक पर्छ ।

व्यापार गरी नाफा कमाउनु व्यवसायीको धर्म हो । तर, नाफासँगै संस्थाका सामाजिक उत्तरदायित्व बहन गर्न, सामाजिक वातावरण र दीगो विकासका लागि भूमिका तपाईहरुले खेलिरहनु भएको छ । त्यो भूमिकालाई अझ अगाडि लैजानुपर्ने कुरालाई फेरी म स्मरण गराउन चाहन्छु । अन्तमा नेपालको अर्थतन्त्रको ब्याजदरका कारणले समस्या परेका बारे हामी सबै जानकारी नै छौं । ब्याजदरले पूँजीको लागत बढाउने र समग्र अर्थतन्त्र नै खलबलिने भएकाले यो अर्थतन्त्रलाई गतिशील बताउनका लागि हामी सबैको प्रयत्नले हामीलाई ठिक बाटोमा ल्याउने छ । त्यो कुरामा सबैको ध्यान जाओस् ।’

सभामुख घिमिरेले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउनका लागि सम्बन्धित सबै पक्षले सामूहिक प्रयास गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रलाई खल्बल्याउने खालका कुनै पनि गतिविधि हुन नहुने बताउनु भयो ।