२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित थाइल्याण्डसँगको साझेदारीमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान आज पाल्पामा ऐतिहासिक भगवती जात्रा निकालिँदै विनाश देखेकी विष्णुको अनुभूतिः त्यो दिन सामान लिन छात्रावासमा गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ । बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

‘द पाल्म गुप्र प्रालि’ को ब्यानरमा निर्माण गरिएको उक्त चलचित्र आगामी जेठ १२ गतेदेखि प्रदर्शनमा ल्याउन लागिएको चलचित्रका निर्माता शेखर लामाले जानकारी दिए । यसअघि चैत ३ गते प्रदर्शनको मिति तोके पनि प्राविधिक कारणले दुई महिनापछि प्रदर्शन गर्न लागिएको हो ।

हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो । चलचित्र निर्देशन देवजङ्ग थापा, छायाङ्कन सुशील अधिकारी र नवराज घिमिरेले गरेका छन् ।

शेखर लामाको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा आरपी कर्माचार्य र उजेली लामा निर्माताको भूमिकामा छन् । चलचित्रको कथा लक्ष्मण सुनारले लेख्नुभएको छ भने स्क्रिन प्ले शेखर लामाको रहेको छ । चलचित्रमा सम्पादन तारा थापा, पाश्र्व सङ्गीत सञ्जीव सुब्बा, कोरियोग्राफी लिगेश भट्टराई र रमेश बुढाथोकीको रहेको छ ।

उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारको अभिनय रहेको छ । चलचित्र ‘टुल्की’ ले नेपाल ग्रामीण चलचित्र महोत्सव–२०७९ मा उत्कृष्ट फिचर फिल्म र ‘स्क्रिन प्ले’ अवार्ड जित्न सफल बनेको थियो ।