• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

एमसीसीबारे छलफल गर्न माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु



काठमाडौँ। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । शिंहदरबारस्थित संसदीयदलको कार्यलयमा बसिरहेको बैठकले एमसीसी बारे निर्णय गर्ने जनाइएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री शेरबहादुर देउवासंग सयुक्त पत्र  पठाउँदै आफुहरु एमसीसी पारित गर्न सकारात्मक रहेको पत्र एमसीसी मुख्यालयलाई पठाउनु भए पनि दलले औपचारिक निर्णय गरेको छैन ।

उता पत्र पठाएपनि अध्यक्ष दाहाल सहितका केही नेताहरु शंशोधन सहित पारित गर्नुपर्ने पक्षमा देखाई रहेका छन् भने देव गुरुङ लगायतका नेताहरु फिर्ता पठाउनु पर्ने पक्षमा रहेका छन् । आजको प्रतिनिधिशभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको छ ।