२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तत्काल एमसीसीको बिपक्षमा उभिने निर्णय पछि प्रधानमन्त्रीसँग छलफल गर्न दाहाल बालुवाटारमा



अ+ अ-

काठमाडौँ। संसदीयदलको बैठकमा तत्काल एमसीसी टेबल गर्न नहुने निर्णय पछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुग्नु भएको छ । 

आज बिहान बसेको माओवादी केन्द्र संसदीयदलको बैठकले संसद सुचारु नहुदा सम्म र सहमती नबन्दा सम्म एमसीसी  टेबल गर्न नसकिने निर्णय गरेको थियो । दलको निर्णयबारे जानकारी गराउन अध्यक्ष दाहाल बालुवाटार पुग्नु भएको हो ।  

प्रधानमन्त्री देउवाले हिजो सभामुख अग्नि सापकोटालाई आजको बैठकमा एमसीसी सम्बन्धी प्रस्ताब पेश गर्ने वातावरण मिलाउन आग्रह गर्नुभएको थियो ।