• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

अल नेपाल बक्सिङ: पहिलो दिनमा २५ खेल सम्पन्न



फाईल फोटो

हेटौंडा । अल नेपाल नोभिस बक्सिङ प्रतियोगिताअन्तर्गत पहिलो दिन मंगलबार २५ खेल भएका छन् । हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देश्यीय कभर्ड हलमा पहिलो दिन ५७ केजी तौल समूहमा विपिन बुढाथोकीले बर्षात् राईलाई नकआउट गरे भने ६३.५ केजी तौल समूहमा अछामका तपेन्द्र बिक र ५७ केजी तौल समूहका निर्मल रिजालले प्रतिस्पर्धीको अनुपस्थितिका कारण स्वत: विजय हासिल गरे ।

प्रतियोगिताकै पहिलो खेलमा ५४ केजी तौल समूहमा अछामका नीरसिंह बुढाले दमकका दीपक बिकलाई पराजित गर्दा ५४ केजी तौल समूहमै दाङका विवेक देवकोटाले रोल्पाका बासुदेव केसीलाई पराजित गरे । ५४ केजी तौलसमूहमा कास्कीका सरोज राना मगरले काठमाडौंका फुरग्याल्बु ज्याबा ह्योल्मुलाई पराजित गरे । ५४ केजी तौलसमूहमा जीवन महराले बाँकेका रोहित बर्मालाई पराजित गरे ।

मंगलबार ४७ केजी तौलसमूहमा ४ खेल भए । मंगलबार ५७ केजी तौल समूहमा ८ खेल भए । जीवन चन्दले दाङका जीवन परियारलाई पराजित गर्दा आयुष श्रेष्ठले कास्कीका समीर थापालाई पराजित गरे । यस्तै निर्मल रिजालसँग चितवनका सागर गुरुङ खेल्न अनुपस्थित भएपछि निर्मल विजयी भए भने सुजन भुजेलले सुवोधमान सिंह बस्नेतलाई पराजित गरे ।

यस्तै बक्समाण्डुका आयुष थापाले मानसोव बस्नेतलाई पराजित गरे । मकवानपुरका अभिषेक राना मगरले भूमिकर्ण भण्डारीलाई पराजित गरे भने दमकका योयल राईले भानुभक्त ओलीलाई पराजित गरे । ६३.५ केजी तौल समूहमा नक्सालका प्रज्वल श्रेष्ठले आशिष गुरुङलाई पराजित गर्दा अछामका तपेन्द्र बिकले अभिशेषक श्रेष्ठलाई पराजित गरे ।

४८ केजी तौलसमूहमा मंगलबार ५ खेल भए । ४८ केजी तौल समूहमा ललितपुरका प्रकाश कठायतले अछामका भरतप्रसाद अधिकारीलाई पराजित गर्दा मकवानपुरका श्रीजेष श्रेष्ठ विशेष बुढा मगरसँग पराजित भए । अप्रिल रानाले प्रदीप चौधरीलाई, सञ्जय लामाले सुमन चौधरीलाई, मानव लामाले लजन बिष्टलाई पराजित गरेको छ । ५१ केजी तौल समूहमा टीकाराम ऐडीले सम्राट थापालाई पराजित गरे भने रविन लिम्बुले रोकी गुरुङलाई पराजित गरेको छ ।

यस्तै असिम धमलाले अजय पुन मगरलाई पराजित गर्दा प्रवल उप्रेतीले दीपक रोकायालाई पराजित गरेको छ । शिभु सुनारले सुनाम खत्रीलाई पराजित गर्दा पहिलो दिनको अन्तिम खेलमा निराजन चौधरीले अजय स्याङ्तानलाई पराजित गरेको छ । प्रतियोगिताअन्तर्गत दोस्रो दिन आज बुधबार दिउँसो १२ बजेदेखि ३४ वटा खेल हुनेछ ।