• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध ★   रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् ★   पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन ★   पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प ★   अविरल वर्षाबाट जनजीवन प्रभावित, गृहमन्त्रालयमा आपतकालीन बैठक जारी ★   बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा ★   म्याग्दे खोलाको बाढीले तनहुँ घुम्तीका घर डुबानमा ★   कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा ★   गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार ★   मधेसका मुख्यमन्त्रीले गरे छ जना मन्त्रीलाई पदमुक्त

हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन



विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् ।

विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको तीन दशमलव एक सय ९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए ।

विसं २०८० साउनभित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए । रासस