• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोला जलविद्युत् आयोजनाको बाँध पुरियो, ग्रामीण सडक अवरुद्ध ★   रविमाथि भीम रावलको कटाक्षः भयंकर लोकतन्त्रवादी हौँ भन्नेले बोल्दैमा महामन्त्रीलाई पार्टीबाट निष्कासित गरेछन् ★   पहिराको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्रीको निर्देशन ★   पृथ्वीराजमार्गको कल्भर्ड बाढीले बगायो, यातायात ठप्प ★   अविरल वर्षाबाट जनजीवन प्रभावित, गृहमन्त्रालयमा आपतकालीन बैठक जारी ★   बाढीमा परी एकको मृत्यु, एक बेपत्ता, दर्जनौँ घर डुबानमा ★   म्याग्दे खोलाको बाढीले तनहुँ घुम्तीका घर डुबानमा ★   कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा ★   गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार ★   मधेसका मुख्यमन्त्रीले गरे छ जना मन्त्रीलाई पदमुक्त

दुई करोडको कारोबार गर्दै सकियो शुक्लागण्डकी महोत्सव



तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो ।

महोत्सवको एक लाख दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी दिनुभयो । मौलिक संस्कृति, खेल र स्थानीय उत्पादन एवं व्यापार प्रवद्र्धनका लागि महोत्सव सफल भएको हिराचनले बताउनुभयो ।

महोत्सव अवधिमा भएका भलिबल प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई समापन समारोहमा पुरस्कार वितरण गरिएको छ ।

गायन प्रतियोगितामा मन्दिर थापामगर प्रथम, सन्तराज विश्वकर्मा द्वितीय र पदम नेपाली तृतीय हुनुभएको छ । खुला नृत्य प्रतियोगितामा सुनिल राना मगर प्रथम, इसिका नेपाली द्वितीय र कृति गुरुङ तृतीय हुनुभएको छ ।

झाँकीतर्फ तमु समाज खैरेनीटार प्रथम, तमु समाज दुलेगौडा द्वितीय र ईश्वरी बह्मकुमारी विश्वविद्यालय खैरेनीटार तृतीय भएको छ ।

यस्तै अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । फाइनल खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो ।

उपाधिसँगै बौदीकाली गाउँपालिकाले रु एक लाख ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको वालिङ नगरपालिकाले रु एक लाख नगदमा चित्त बुझायो ।

तेस्रो स्थानका लागि भएको खेलमा बागलुङको गलकोट नगरपालिका तृतीय भएको छ । गलकोट र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीच भएको खेल जित्दै गलकोटले नगद रु २५ हजार प्राप्त गरेको छ । चौथो भएको शुक्लागण्डकीले रु १५ हजार प्राप्त गरेको छ ।

यसैगरी महोत्सवमै सञ्चालित खुला पुरुष ब्याडमिन्टनको उपाधि सुशील भुजेल र लक्ष्मण लामाले जित्नुभएको छ । फाइनलमा धिरज केसी र विमल बानियाँको जोडीलाई पराजित गर्दै उहाँहरुले ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभयो ।

सि लेबलको प्रतियोगितामा गाछेपानीस्थित जिअस व्याडमिन्टनका क्लबका उहाँहरु प्रथम हुन सफल भएको प्रतियोगिता संयोजक वरदान क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बसन्त लालचन र मनबहादुर आलेको जोडी तथा विक्रम रेउले र तारा थापाको जोडी तृतीय भएको छ । प्रथम र द्वितीय हुने खेलाडीहरुले क्रमशः रु २० हजार नगद र रु दश हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । तृतीय भएको जोडीलाई भने मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको पदयात्रालाई समावेश गरिएको थियो । महोत्सवमा घरेलु, कृषि, व्यावसायिक, रेष्टुराँ, सामाजिक संस्थालगायत कूल दुई सय १७ स्टल रहेका थिए । रासस