११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

दुई करोडको कारोबार गर्दै सकियो शुक्लागण्डकी महोत्सव

दुई करोडको कारोबार गर्दै सकियो शुक्लागण्डकी महोत्सव
अ अ+ अ-

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा सञ्चालित शुक्लागण्डकी महोत्सव रु दुई करोड बराबरको कारोबार गर्दै सकिएको छ । गत फागुन १९ गतेदेखि सुरु भएको महोत्सव सोमबार सकिएको हो ।

महोत्सवको एक लाख दर्शकले अवलोकन गरेको महोत्सवका प्रवक्ता सुजित हिराचनले जानकारी दिनुभयो । मौलिक संस्कृति, खेल र स्थानीय उत्पादन एवं व्यापार प्रवद्र्धनका लागि महोत्सव सफल भएको हिराचनले बताउनुभयो ।

महोत्सव अवधिमा भएका भलिबल प्रतियोगिता, खुला नृत्य प्रतियोगिता, रत्यौली प्रतियोगिता, झाँकी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई समापन समारोहमा पुरस्कार वितरण गरिएको छ ।

गायन प्रतियोगितामा मन्दिर थापामगर प्रथम, सन्तराज विश्वकर्मा द्वितीय र पदम नेपाली तृतीय हुनुभएको छ । खुला नृत्य प्रतियोगितामा सुनिल राना मगर प्रथम, इसिका नेपाली द्वितीय र कृति गुरुङ तृतीय हुनुभएको छ ।

झाँकीतर्फ तमु समाज खैरेनीटार प्रथम, तमु समाज दुलेगौडा द्वितीय र ईश्वरी बह्मकुमारी विश्वविद्यालय खैरेनीटार तृतीय भएको छ ।

यस्तै अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ । फाइनल खेलमा स्याङ्जाको वालिङ नगरपालिकालाई पराजित गर्दै बौदीकालीले उपाधि जितेको हो ।

उपाधिसँगै बौदीकाली गाउँपालिकाले रु एक लाख ५० हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ । द्वितीय भएको वालिङ नगरपालिकाले रु एक लाख नगदमा चित्त बुझायो ।

तेस्रो स्थानका लागि भएको खेलमा बागलुङको गलकोट नगरपालिका तृतीय भएको छ । गलकोट र तनहुँको शुक्लागण्डकी नगरपालिकाबीच भएको खेल जित्दै गलकोटले नगद रु २५ हजार प्राप्त गरेको छ । चौथो भएको शुक्लागण्डकीले रु १५ हजार प्राप्त गरेको छ ।

यसैगरी महोत्सवमै सञ्चालित खुला पुरुष ब्याडमिन्टनको उपाधि सुशील भुजेल र लक्ष्मण लामाले जित्नुभएको छ । फाइनलमा धिरज केसी र विमल बानियाँको जोडीलाई पराजित गर्दै उहाँहरुले ब्याडमिन्टन प्रतियोगिताको उपाधि जित्नुभयो ।

सि लेबलको प्रतियोगितामा गाछेपानीस्थित जिअस व्याडमिन्टनका क्लबका उहाँहरु प्रथम हुन सफल भएको प्रतियोगिता संयोजक वरदान क्षेत्रीले जानकारी दिनुभयो ।

प्रतियोगितामा बसन्त लालचन र मनबहादुर आलेको जोडी तथा विक्रम रेउले र तारा थापाको जोडी तृतीय भएको छ । प्रथम र द्वितीय हुने खेलाडीहरुले क्रमशः रु २० हजार नगद र रु दश हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । तृतीय भएको जोडीलाई भने मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारको प्रस्तुति, लाइभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको पदयात्रालाई समावेश गरिएको थियो । महोत्सवमा घरेलु, कृषि, व्यावसायिक, रेष्टुराँ, सामाजिक संस्थालगायत कूल दुई सय १७ स्टल रहेका थिए । रासस