५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘छक्का पञ्जा ४’ को संवादमा सहकारी महासंघले जनायो आपत्ति



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले नेपाली फिल्म ‘छक्कापञ्जा ४’ को संवादप्रति आपत्ति जनाएको छ । फिल्मको संवादले सिंगो सहकारी अभियानमा दाग लगाउने काम भएको भन्दै सो संवाद हटाउन महासंघले माग गरेको हो ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलद्वारा जारी विज्ञप्तीमा उक्त संवादले समग्र सहकारीमाथिको अपमान गराएको जनाइएको छ । अध्यक्ष कडेलले चलचित्र विकास बोर्डलाई संवाद हटाउन पत्र समेत पठाएको जनाएका छन् ।

महासंघले पत्रमा लेखेको छ, ‘पछिल्लो समय आर्थिक संकुचनका कारण सबै क्षेत्रमा जस्तै सहकारीमा पनि समस्या परेको छ । यहि सन्दर्भलाई लिएर आमा सरस्वती मुभिजद्वारा निर्मित चलचित्र छक्का पञ्जा ४ मा सहकारी सम्बन्धी ‘लाञ्छनायुक्त एवम नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको ध्यानाकर्षण भएको छ ।’

उक्त फिल्मको संवादमा, ‘श्रीमती भनेको बैंकको लोन हो । मेन्टेन गरेन भने घरबार लिलाम हुन्छ’, त्यसपछि महिला पात्र भन्छिन्, ‘अनि म चाँही के नि ?’ त्यसपछि पुरुष पात्रले जवाफ दिन्छ, ‘सहकारी भाग्न पनि सक्छ ।’ भन्ने थियो । यही संवादलाई लिएरसहकारी अभियानले आपत्ति जनाएका हुन् । फागुन १९ गतेदेखि प्रर्दशनमा आएको फिल्मले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । दुई सातासम्ममा फिल्मले १० करोड बढीको कमाई गरेको बताइएको छ ।