५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार र समाजसेवी रिसाललाई नर्थ क्यारोलिना नेपाली साहित्य समाजको सहयोग



अ+ अ-

काठमाडौं । अमेरिकास्थित नर्थ क्यारोलिना नेपाली साहित्य समाजले वरिष्ठ पत्रकार/समाजसेवी भैरव रिसालको पहलमा सञ्चालित सामाजिक कार्यहरूको सहयोगार्थ ११ सय अमेरिकी डलर ९रु १ लाख ४५ हजार ४ सय ५५० हस्तान्तरण गरेको छ ।

फेव्रेवरी २५ मा जुम मार्फत् रिसालज्यूसँग गरिएको अन्तरक्रियामा ९५ वर्षको उमेरमा पनि उहाँको समाजसेवाप्रतिको लगावबाट प्रभावित भई नर्थ क्यारोलिना नेपाली साहित्य समाजल यो सहयोग गरेको हो । सहयोग रकम ग्रहण गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै रिसालले प्रवासमा बसेर पनि समाजले नेपाली साहित्यको श्रीवृद्धिका लागि निर्वाह गरिरहेको भूमिको प्रशंसा गर्नुभयो ।

 

उहाँले प्राप्त आर्थिक सहयोग समाज सेवामा खर्चने प्रतिबद्धता गर्दै समाजप्रति विशेष आभार व्यक्त गर्नुभयो । रिसालको जीवनी, यथार्थता, सामाजिक योगदान र जीवनका उतारचढाव, कटुताहरू उहाँ आफैबाट सुन्न पाउनु आफ्नो संस्थाका लागि गौरवको क्षण भएको समाजले जनाएको छ ।