• ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
  •   Unicode
Logo
Latest
★   सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग ★   चुरे विनाशको असर: खानेपानीको समस्या विकराल बन्दै ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत ★   वाङ्मयका अग्ला साधक छोटा ★   कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्‍याउन आवश्यक: अध्यक्ष नेपाल ★   प्रतिनिधिसभाको बैठक चार बजेलाई सर्यो ★   सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई माधव नेपालको आग्रह ★   गिरिबन्धु टि स्टेटबारे ओलीलाई देउवाको प्रश्न: आफूले गरेको कुरा गरेको हो भन्न के आपत्ति ? ★   हैदरावादलाई प्ले अफमा पुग्न इलिमिनेट टोली गुजरातको चुनौती ★   ओलीलाई शेखरको जवाफ: कुनै राजनीतिक दलको धम्कीले काँग्रेस डराउँदैन

बागलुङमा बहुमूल्य जडीबुटीसहित दुईजना पक्राउ



गलकोट । बागलुङमा बहुमूल्य जडीबुटी सुनाखरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले एक सय ३८ किलो सुनाखरी, २२ किलो जङ्गली च्याउ र नौ किलो वनलसुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीका अनुसार अवैध जडीबुटी ओसारपसार गरेको आरोपमा निसीखोला गाउँपालिका–५ कारीगाउँका मिलन भण्डारी र निसीखोला–४ कानाबगरका रेशमबहादुर मल्ललाई पक्राउ गरिएको हो । उनीहरुले जडीबुटी ओसारपसारका लागि लु१ज ४५२६ नम्बरको जिप प्रयोग गरेका थिए ।

गोठमा आगजनी गर्ने पक्राउ

यस्तै जिल्ला प्रहरी कार्यालय बागलुङले गोठमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बरेङ गाउँपालिका–४ ठोलोसौरा सल्यानका मेघनाथ शर्माको गोठमा आगजनी गरेको आरोपमा स्थानीय लीलामणि शर्मा गौतमलाई पक्राउ गरेको हो ।

यही फागुन २३ गते राति आगजनी गरिँदा रु पाँच लाख बराबरको क्षति भएको सूचना अधिकारी मदन केसीले बताउनुभयो । आगजनीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस