• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   सहकारीको रकम अपचलनबिरुद्ध राप्रपाको मोटरसाइकल र्‍याली ★   ‘सिप मेला’ मा अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्क ★   लुक्सका कारण रिजेक्ट भएका मोहनलाल जसले एक वर्षमा २५ हिट फिल्म दिए ★   स्थानीय उत्पादन बेच्न छ घण्टा पैदलयात्रा ★   ४५ सशस्त्र प्रहरीद्वारा कुश्मामा बञ्जीजम्प ★   राष्ट्रिय सभामा काँग्रेसको अवरोध कायमै: राष्ट्रपतिलाई धन्यवाद दिने प्रश्ताव पारित सभाको सहमति ★   बैतडीका दाजुबहिनीको कर्नाटकमा शङ्कास्पद मृत्यु ★   प्रतिनिधिसभाको बैठक जेठ ११ गतेसम्मका लागि स्थगित ★   दिनेश कार्तिकले किन अरुको भन्दा फरक हेल्मेट लगाउँछन् ? ★   सरकारसँग काँग्रेसको माग: उपप्रधानमन्त्री लामिछानेलाई तत्काल पक्राउ गरियोस्

सांस्कृतिक सम्पदा निर्माणमा काठमाडौँको मौलिक शैली चीनमा प्रवर्धन गर्न चाहन्छौँ — प्रमुख शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि चीनका राजदूत चेन सङ्गले शिष्टाचार भेट गर्नुभएको छ । भेटका लागि राजदूत सङ् प्रमुख शाहको कार्यकक्षमा आउनुभएको थियो ।

भेटका क्रममा आपसी सहयोग र दिगो सम्बन्धका विषयमा कुराकानी गर्दै प्रमुख शाहले काठमाडौँका सम्पदाहरुको निर्माण शैली चीनका सहरहरुमा प्रवर्धन गर्न चाहेको बताउनुभयो । ‘काठमाडौँसँग चीनका ७ वटा सहरसँग भगिनी सम्बन्ध छ । त्यो सम्बन्ध नागरिकले महसुस गर्न योग्य हुनुपर्छ । यसका लागि हामी यहाँका मठमन्दिर तथा मौलिक भवनको बनावट त्यहाँका सहरमा निर्माण गर्न चाहन्छौँ ।’

‘दुवै देशका नागरिकले मनाउने पर्व एउटै हुन सक्छन् । भेषभुषा र खानपान एउटै हुन सक्छन् । यो सम्बन्धबाट नागरिक स्तरमा प्रबर्धन गर्न सकिन्छ ।’ प्रमुख शाहले भन्नुभयो, ‘नेपाल र चीन विचको व्यापारिक सम्बन्ध २ हजार बर्षभन्दा पनि पुरानो छ । काठमाडौँले चीन र भारतको व्यापारिक सम्बन्ध जोडेको थियो । यो सम्बन्धलाई हामीले विर्सन हुँदैन ।’ उहाँले मौलिक आपसी सम्बन्धको नागरिक तहमा लाभ हुने विषयमा जोड दिनुभयो ।

भेटका क्रममा राजदूत सङ्ले आफूले नेपाललाई बलियो र समृद्ध भएको हेर्न चाहेको बताउनुभयो । यसका लागि हामी आपसी सहयोग बढाउन सक्छौँ । ‘काठमाडौँको समृद्धि र सुविधाका लागि अत्याधुनिक प्रविधिको प्रयोग बढाउनु पर्छ । सहरी आवागमनलाई सहज र वातावरणमैत्री बनाउनुपर्छ । यसमा हाम्रा अनुभव र सिकाइ काम लाग्ने हुन सक्छन् ।’ राजदूत सङ्को भनाइ छ ।

कुराकानीमा विद्युतीय सवारी साधनको प्रयोग, विद्युतीय सवारी साधन सञ्चालनका लािग चाहिने चार्जिङ् स्टेशनलगायत सहरी व्यवस्थापनका विषय थिए ।
भेटका अवसरमा प्रमुखका व्यवस्थापन सल्लाहकार कुमार बेन (व्यञ्जनकार) सचिवालय प्रमुख नुरनिधि न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय प्रमुख सुदर्शन भट्टराईसहित अधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।