११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

लिलामी प्रक्रिया लम्बिँदा करोडौँ मूल्यका काठ सड्दै

लिलामी प्रक्रिया लम्बिँदा करोडौँ मूल्यका काठ सड्दै
अ अ+ अ-

महोत्तरी । महोत्तरीको वनक्षेत्रमा विभिन्न समयमा कटान गरिएका रुखका काठ समयमै लिलामी प्रक्रियामा जान नसक्दा बहुमूल्य काठ सड्ने र धोद्रिने थालेका छन् ।

पूर्वपश्चिम राजमार्गको छेउ हुँदै बिजुलीको लाइन विस्तार (विद्युत प्रसारण लाइन) का क्रममा चार वर्षअघि कटान गरिएका र विभिन्न समयमा चोरी कटान हुँदै गर्दा र छापा मारेर नियन्त्रणमा लिइएका काठ लिलामी प्रक्रिया लम्बिँदा थाकमै सड्ने र धोद्रिने क्रम बढेको हो ।

कटान गरिएका काठका मुडा वन क्षेत्रमा थाक लगाएकै ठाउँमा सड्दै छन्, धोद्रिदै छन् । त्यस्तै चोरी कटान भएर नियन्त्रणमा लिइएका काठ न्यायिक निकायबाट समयमै मुद्दा किनारा नलाग्दा सड्ने र धोद्रिने क्रम बढेको हो ।

महोत्तरीका छ सवडिभिजन वन कार्यालयमध्ये गणन्ता सव डिभिजन वन कार्यालय मातहत मात्रै १५ हजार क्युफिट कुकाठ (साखुबाहेकका अन्य काठ) र चार हजार क्युफिट साखु (साल) का काठका मुडा लिलामी प्रक्रिया पर्खेर रहेका छन् ।

कुकाठ साझेदारी वन व्यवस्थापन समिति र डिभिजन वन कार्यालय महोत्तरीको समन्वयमा लिलामी प्रक्रियामा लाने तयारी रहेको गणन्ता सवडिभिजन वन कार्यालय बर्दिबास–४ माइस्थानका प्रमुख सहायक वन अधिकृत रामसुन्दर साहले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालयका प्रमुखको छिटोछिटो हुने सरुवा र साझेदारी वन व्यवस्थापन समितिको नेतृत्व फेरबदलका कारण यसबीचमा लिलामी प्रक्रियामा लान ढिलाइ भएको सव डिभिजन सम्बद्ध कर्मचारी बताउँछन् ।

चोेरी कटान भएका काठ नियन्त्रणमा लिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । नियन्त्रणमा लिइएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास र त्यसभन्दा माथिको जिल्ला अदालतमा हुने कानुनी व्यवस्था छ । यी मुद्दा किनारामा ढिलाइ हुँदा १०औँ वर्षदेखि थाक लगाइएका काठ धोद्रिने र सड्ने गरेका वनसम्बद्ध कर्मचारीको भनाइ छ ।

नियन्त्रणमा लिइ कारबाहीका क्रममा रहेका काठ डिभिजन वन कार्यालय महोत्तरी मातहतको सशस्त्र वन सुरक्षा शाखा बर्दिबास–४ माइस्थान कार्यालय परिसरमा थाक लगाइएका छन् । मुद्दा किनारा नलागी यी काठ बिक्री लिलाम गर्न नपाइने व्यवस्थाले पुरानो भएर धोद्रिने र सड्ने गरेका सहायक वन अधिकृत साहले बताउनुभयो ।

आफ्नो कार्यक्षेत्रको सवडिभिजनमा यस्ता साखुका काठ करिब चार हजार क्युफिट रहेको साहको भनाइ छ । बिजुलीको लाइन बिस्तारका लागि चार वर्षअघि कटान गरिएका कुकाठ भने गणन्ता साझेदारी वन व्यवस्थापन समितिको समन्वयमा उपभोक्ताबीच लिलामी गरिने गरी प्रक्रिया अघि बढेको छ ।

“हाम्रो कार्यालय ९गणन्ता सवडिभिजन कार्यालय० क्षेत्रभित्र अहिले करिब चारहजार क्यूफीट साखुका गिंड ९गिण्डा० लिलामीका लागि अदालती निर्णयको पर्खाइमा छन्”, कार्यालय प्रमुख साह भन्नुहुन्छ, “कैयौँ वर्षको घामपानी खाएर काठ बिग्रने गरेका छन् ।”

लिलामीका लागि अदालती फैसला कुर्नु परेका काठको मूल्य करोडमा रहेको वन कर्मचारी स्वीकार गर्छन् । जिल्लामा डिभिजन वन कार्यालय र महोत्तरी जिल्ला अदालतमा यस प्रकृतिका कतिपय मुद्दा २०४८ देखिकै फैसला हुन बाँकी रहेको वन कर्मचारीको भनाइ छ ।

डिभिजन वन कार्यालयमा २०४८ यता हालसम्म दुई सयको हाराहारीका वन मुद्दा ९काठ चोरी निकासी० छन् । यी मुद्दा दुई लाख बिगोभित्रका हुन् । यसबाहेक दुई सयभन्दाबढी मुद्दा अदालतमा विचाराधीन रहेको कार्यालयले जनाएको छ ।

अदालतमा मुद्दाको अत्यधिक चाप र मुद्दा फैसला प्रक्रियामा पुग्न नसकेका ९अभियुक्तमध्ये केही फरार रहेका, साक्षी वकपत्र हुन नसकेका० ले फैसलामा ढिलाइ हुने गरेको बताइन्छ ।

जिल्लामा डिभिजन वन कार्यालय र छ वटा सवडिभिजन वन कार्यालय छन् । गणन्ताबाहेकका सवडिभिजन वन कार्यालयमातहत पनि लिलामी हुन बाँकी रहेका काठका थाक छन् । नियन्त्रणमा लिइएका काठसँगै कैयौँ ढुवानी साधन ९ट्र्याक्टर, बयलगाडा० पनि मुद्दा फैसला पर्खंदापर्खंदै कवाडी बनेका गणन्ता सवडिभिजन वन कार्यालय परिसरमा देखिन्छ । रासस