• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली

सबै दलहरू एक ठाउँमा उभिनुपर्छ– सुभाष नेम्वाङ(भिडियोसहित)



काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुभाषचन्द्र नेम्वाङले सबै राजनीतिक दलहरू एक जुट भएर एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै नेम्वाङले आफू सबै जनता र सबै दलहरूको साझा अभिभावकका रूपमा जाने बताए ।

नेम्वाङले देश र जनताका अगाडि ठूलो चुनौती रहेकोले राजनीतिक दलहरू एक जुट हुनुपर्ने बताए । ‘एक सूत्रमा भन्छु, यो देशका सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्छ । अहिले देश र जनताका अगाडि साह्रै ठूलो चुनौती छ ।’,उनले भने, ‘सिंगो देश र जनता, अनि सबै राजनीतिक दलहरू एक ठाउँ उभिनुपर्छ ।’