• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

विश्वकप लिग टूः नेपालले पिएनजीसँग खेल्दै



काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज पपुवा न्यु गिनी (पिएनजी)सँग खेल्दैछ ।

घरेलु टोली नेपालले आजबाट सुरु हुन गइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेल पिएनजीजिरुद्ध खेल्न लागेको हो । नेपाल र पिएनजीबीचको खेल कीर्तिपुरस्थिती टियु मैदानमा बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दबाब छ । अर्कोतर्फ ओडिआई मान्यता जोगाउन नेपाललाई चार मध्ये दुई जित पर्याप्त हुनेछ ।

घरेलु मैदानमा नै पीएनजीसँग गतबर्ष भएको एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दुवै खेलमा नेपालले हार ब्यहोरेको थियो । नेपालले पीएनजीको टोलीसँग तेस्रो पटक घरेलु मैदानमा एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दैछ ।

सात देश सम्मिलित विश्वकप लिग टूमा नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । पपुवा न्युगिनि ३२ खेलमा ९ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

नेपाली टिम:
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भीम सार्की, ललित राजवंशी