काठमाडौं । १२ वर्षदेखि स्पेनमा बस्दै आएका लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ ।
६० वर्षीय लम्सालको सोमबार राति स्पेनमा निधन भएको हो । उनी चर्चित मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा पनि हुन् ।
लोक गायन क्षेत्रका पाका गायक लम्साललाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो । उनले गाएका ‘जापान टोकियो’ निकै सर्वाधिक र चर्चित गीत हो ।
उनले गाएका अन्य गीतहरु पनि निकै लोकप्रिय छन् । उनको गीत डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत पनि लोकप्रिय छन् ।
लम्सालका सागर (बले)सहित ३ छोरा र १ छोरी छन् ।