१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

रहेनन् ‘जापान टोकियो’ गीतका गायक राजेन्द्र लम्साल



अ+ अ-

काठमाडौं । १२ वर्षदेखि स्पेनमा बस्दै आएका लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ ।

६० वर्षीय लम्सालको सोमबार राति स्पेनमा निधन भएको हो । उनी चर्चित मोडल तथा कलाकार सागर लम्साल (बले) का बुवा पनि हुन् ।

लोक गायन क्षेत्रका पाका गायक लम्साललाई पछिल्लो समय पिसाबसम्बन्धी समस्या देखिएको थियो । उनले गाएका ‘जापान टोकियो’ निकै सर्वाधिक र चर्चित गीत हो ।

उनले गाएका अन्य गीतहरु पनि निकै लोकप्रिय छन् । उनको गीत डोरीको तीन फुदा’, ‘वालिङ फिरफिरे’, ‘शिरमा रिबन सलको पछ्यौरी’, ‘भीरको टुनी हो’, ‘मर्स्याङ्दीको पुल’, ’आमा तिम्रो दूधको भारा’, ‘राइनासकोटको भीर’, ‘निलो पछ्यौरी’ लगायत पनि लोकप्रिय छन् ।

लम्सालका सागर (बले)सहित ३ छोरा र १ छोरी छन् ।