७ श्रावण २०८३, बिहीबार
,
Latest
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह ‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसमा क्रियाशील सदस्यता विवाद मिलाउन सकस



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसमा  महाधिवेशनका  मतदाताका  रूपमा  रहने  क्रियाशील  सदस्यताको  विवाद  किनारा  लगाउन  निकै  सकस  भएकोे  छ  ।  गाउँ  तथा  नगरको  वडा  अधिवेशन  सुरु  हुन  तीन  साताको  हाराहारी  मात्र  समय  बाँकी  रहे  पनि  पार्टीको  क्रियाशील  सदस्यता   विवाद   अझै   मिल्ने   स्थिति  देखिएको  छैन  । 

पार्टीका  प्रभावशाली  नेताहरूले  नै  यसलाई  आफ्नो  हारजितसित  जोडेपछि  एक  दर्जनभन्दा  बढी  जिल्लामा  अझै  क्रियाशील सदस्यताको विवाद ज्यूँका त्यूँ रहेको पाइएको छ । विवाद मिलान चुनौतीपूर्ण काँग्रेसको क्रियाशील सदस्यताको विवाद  पाँच  सयभन्दा बढी  वडामा अझै कायमै छ ।

काँग्रेसका केन्द्रीय सदस्य  अर्जुननरसिंह  केसी  पार्टीका  लागि क्रियाशील सदस्यताको विवाद मिलाएर  १४औँ  महाधिवेशन  सम्पन्न  गर्ने  कुरा  निकै  सकस  र  चुनौतीपूर्ण  भएको बताउछन् । संवैधानिक हिसाबले पनि भदौ १९  गतेभित्र  पार्टीको  महाधिवेशन  सम्पन्न  गर्नैपर्ने  बाध्यता  काँग्रेसलाई  छ  तर  पार्टीका  मतदाता  क्रियाशील  सदस्यताको टुङ्गो नै लाग्न सकेको छैन ।

अझै पनि काठमाडौँ, नुवाकोट, चितवन,  मोरङ,  सुनसरी,  कैलाली,  सुर्खेत,  काभ्रेपलाञ्चोक,  स्याङ्जा,  सिन्धुपाल्चोकलगायतका दर्जनभन्दा बढी जिल्लाको विवाद मिल्न सकेको छैन । यो समाचार गोरखापत्र दैनिकमा छ ।