• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य



काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली यूएईलाई २३० रनको विजयी लक्ष्य दिएको छ ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले ५० ओभरको निर्धारित खेलमा ८ विकेट गुमाएर २२९ रन बनायो । ६८ रनमा ५ विकेट गुमेको अवस्थामा नेपालको पारी भीम सार्की, सन्दीप लामिछाने र आरिफ शेखले उकासेका थिए ।

सार्कीले ९९ बलमा ७ चौकाको सहयोगमा महत्त्वपूर्ण ७० रन बनाए । सार्की र लामिछानेले छैटौँ विकेटको साझेदारीमा ५६ रन जोडेका थिए । सन्दीप व्यक्तिगत २७ रनमा आउट भए । त्यसपछि आएका आरिफ शेखले सार्कीसँग अर्को ५६ रनको साझेदारी गरेका थिए ।

४४.३ ओभरमा १८० को स्कोरमा सार्की आउट भएपछि आएका करण केसीले एक छक्का र एक चौकाको सहयोगमा १७ रन बनाए । केसी आउट भएपछि आएका प्रतिस जिसीले ६ बलमा एक चौकाको सहयोगमा ११ रनमा अविजित रहे । शेखले ५६ बलमा २ चौका र एक ६ सहित अविजित ४३ रन बनाए ।

यसअघि टप अर्डरका ब्याटरहरु फटाफट आउट भएका थिए । ओपनरद्वय ज्ञानेन्द्र मल्लले ११ र आशिफ शेखले ६ रन बनाए भने कुशल मल्लले दुई चौका र दुई छक्कासहित ३२ बलमा ३२ रन बनाए । कप्तान रोहित पौडेल १ रन र दीपेन्द्रसिंह ऐरी ४ रनमा आउट भएका थिए ।

बलिङतर्फ यूएईका जुनेद सिद्दीकीले ३, रोहन मुस्तफा र आर्यल लाक्राले समान २/२ तथा कार्तिक मेइयापनले १ विकेट लिए । केही बेरमा यूएईले जवाफी ब्याटिङ गर्दैछ ।