• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

शहीद स्मारक ए डिभिजन लिगः सातदोबाटोको विजयी शुरुवात



काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत त्रिभुवन आर्मी क्लव र संकटा क्लवले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार सम्पन्न खेलमा आर्मी र संकटाले गोलरहित बराबरी खेलेका हुन् । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोल गर्नबाट चुके । खेल बराबरीमा रोकिएसँगै दुवै टोलीले पहिलो खेलमा १–१ अंक बाँडेका छन् । त्यस्तै आज नै च्यासल मैदानमा भएको खेलमा सातदोबाटो युथ क्लवले जत हासिल गरेको छ ।

सातदोबटोले न्युरोड टिम एनआरटीलाई २–१ गोल अन्तरले हराउँदै जित हासिल गरेको हो । सातदोबाटोको जितमा दीपकराज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काए । खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १–१ को बराबरीमा ल्याए । ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २–१ को जित दिलाए । जितसँगै सातदोबाटोले पहिलो खेलबाट ३ अंक जोडेको छ ।

अहिले दशरथ रंगशालामा मछिन्द्र र जावलाखेल क्लवबीच खेल भइरहेको छ । खेलको पहिलो हाफमा मछिन्द्र क्लवले १—० को अग्रता लिएको छ । खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङले फ्रिकिमार्फत उत्कृष्ट गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।