११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

आयुर्वेद शिक्षण अस्पतालका विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति

आयुर्वेद शिक्षण अस्पतालका विद्यार्थी र क्याम्पस प्रशासनबीच सहमति
अ अ+ अ-

काठमाडौँ । आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरका बीएएमएस २२ औं ब्याचका विद्यार्थी र क्याम्पसबीच सहमति भएको छ ।

१८ दिनदेखि आन्दोलनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनबीच आज (आईतवार) ६ महिना आयुर्वेद चिकित्सालय नरदेवी र ६ महिना आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्नसिप गर्ने सहमति भएको हो । क्याम्पसको तेस्रो अस्थायी परीक्षा नतिजा प्रकाशन भएसँगै इन्टर्नसिप गर्ने भनिएपनि क्याम्पस र चिकित्सालयको सम्झौताका कारण इन्टर्नसिप हुन सकेको थिएन ।

यसअघि पनि क्याम्पस र नरदेवीमा आधा÷आधा समय विद्यार्थीहरुको इन्टर्नसिप हुँदै आएकोमा विगत केही समय यता रोकिएको थियो । विद्यार्थीहरुले आफ्ना मागहरु पूरा नगरेको भन्दै विगत ८ दिनदेखि क्याम्पसमा तालाबन्दी गरेका थिए । तर आज क्याम्पस प्रशासन र विद्यार्थीहरुबीच ६/६ महिना दुवै शिक्षण संस्थामा प्राक्टिल गर्न पाउने समझादारी भएको हो । समझदारीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयुुर्वेद इन्टर्न डा. सुनिल भुसालले १८ दिनसम्म धर्नामा बसिसक्दासमेत क्याम्पसले चासो नदेखाएको आरोप लगाउनु भयो ।

उहाँले शिक्षा आयोगले तोकेको न्युनतम कार्यक्षेत्र पनि १० प्रतिशत प्राक्टिकल नकटाइ दक्ष डाक्टर भनेर लाइसेन दिने अवस्था देखिएपछि त्यसको बिरोधमा आफूहरु उत्रिएको स्पष्ट पार्नुभयो । उहाँले एउटा ओपिडीमा एक महिनामा एक जना बिरामी हेरेर आफूहरुलाई दक्ष चिकित्सक घोषणा गरेको आरोप लगाउँदै त्यो अस्वीकार गरेर आन्दोलन गर्न बाध्य भएको बताउनु भयो । इन्टर्नसिपमा परीक्षार्थीहरुलाई सुनको लड्डु देखाएर क्याम्पसले पित्तलमा ठगेको उहाँको आरोप छ ।

उहाँले भन्नुभयो, ‘हामी १८ दिनसम्म धर्नामा छौँ । क्याम्पस प्रशासनमा तालाबन्दी गरेको ८ दिन भयो । चिकित्सा शिक्षा आयोगले तोकेको मिनिमम क्राइट एरियाको पनि १० प्रतिशत प्राक्टिकल नकटाइ दक्ष डाक्टर भनेर लाइसेन दिने अवस्था भेटियो । एउटा ओपिडीमा एक महिनामा एक जना बिरामी हेरेर हामीलाई दक्ष चिकित्सक भनियो । यो स्वीकार्य नभइसकेपछि हामीले आन्दोलन गरेका हौँ । अन्तर्वार्तामा धेरै सुविधा देखाइयो । तर भित्र आउँदा वास्तविकता हेर्दा अर्कै रहेछ । सुनको लड्डु देखाएर पित्तलमा ठगिएको रहेछ ।’

त्यस्तै नेपाल लोकतान्त्रिक आयुर्वेद शिक्षण संघका अध्यक्ष डा. वंशदीप शर्मा खरेलले कुनैपनि इन्टर्नसीपमा गइसकेको विद्यार्थीहरुलाई उनीहरुको अभ्यासबाट कसैलेपनि रोक्नु नहुने बताउनु भयो । उहाँले आजको छलफलमा विद्यार्थीहरु र क्याम्पसबीच विद्यार्थीहरुलाई पूर्ववत रुपमा नै अभ्यास गराउने र शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने सहमति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि इन्टर्नसीपमा गइसकेको विद्यार्थीहरुलाई उनीहरुको अभ्यासबाट कसैलेपनि रोक्नु हुँदैन । कुनैपनि बहानामा । आज सम्झौता भएको छ । यसमा विद्यार्थीहरुलाई पूर्ववत रुपमा नै अभ्यास गराउने सहमति भएको छ । शिक्षण अस्पताललाई स्तरोन्नति गर्ने भन्ने निस्कर्ष छ ।’

त्यस्तै नेपाल आयुर्वेद चिकित्सक संघका निःवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीले विद्यार्थीहरुको चाहनालाई क्याम्पसले आजबाट समझदारी गरेको तर त्यसलाई कार्यान्यन हुनुपर्ने बताउनु भयो । उहाँले सकेसम्म एउटै क्याम्पसबाट विद्यार्थीहरुलाई इनटर्नसिप गराउने व्यवस्था मिलाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘विद्यार्थीहरुले पढ्न पाउनुपर्ने र त्यो अनुसारको प्राक्टिकल इन्टर्नसीप पाउनुपर्ने भन्ने विषयवस्तु हो । यहाँ पनि अस्पताल चलिरहेको छ तर बढी चलिरहेको छैन । उनीहरुले नरदेवीमा नै प्राक्टिकल होस् भन्ने विद्यार्थीहरुको चाहना छ । त्यसले अवरोध भएको हो । अहिले पनि नरदेवीमा नै प्राक्टिकल गर्न पाउने उनीहरुको माग छ, सहमति भएको छ, सहमति कार्यान्वयन होस् । यो क्याम्पसमा पनि यसमा पनि बिरामी फ्लो बढाउनुपर्छ । क्याम्पसले धेरै ठाउँमा लगेर विद्यार्थीको इन्टर्नसिप गराउनु भन्दा एकै ठाउँमा यसमा नै बिरामीहरुको संख्या कसरी बढ्छ त्यो सोचेर एकै ठाउँबाट काम सक्दा राम्रो हुन्छ ।’

त्यस्तै नेपाल आयुर्वेद चिकित्सा परिषद्का अध्यक्ष डा. सन्तोषकुमार ठाकुरले आयुर्वेदका विद्यार्थीहरुका लागि परिषद्ले करिकुलम अनुसारको स्किलको व्यवस्था इन्टर्नसिपमा नै हुनेगरी व्यवस्था अघि बढाउन लागेको बताउनु भयो । उहाँले स्किल टेस्टिङको विकास भएको छ वा छैन भन्नेकुरा पाठ्यक्रमकै एउटा पार्ट बनाएर हेर्नेगरी काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘करिकुलम अनुसारको स्किलको कुराहरु त्यो हामी अब निकट भविष्यमा नै कलेजको पाठ्यक्रमभित्रै जाँच नहुनेगरी त्यसको स्किल टेस्टिङको विकास भयो कि भएन भनेर संयन्त्र बनाउने र त्यसलाई इन्टरसिपको पार्ट बनाएर पाठ्यक्रमकै एउटा पार्ट बनाएर हामीले स्किल पनि हेर्नेछौँ । यो नियम बनाउनेछौँ । आचारसंहीताको पालना गरेको नगरेको बारेमा पनि नियमन भइरहेको छ । आयुर्वेदको अनधिकृत अभ्यास नहोस् भनेर काउन्सिल सचेत छ ।’

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुरले विद्यार्थीहरुका माग सम्बोधन नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन शुरु गरेका थिए । उनीहरुले गुणस्तरीय शिक्षाको सुनिश्चितता नगरेको, विद्यार्थी एवं संस्थाको स्तरोन्नतिको प्राथमकितामा नराखेको र विद्यार्थीहरुलाई हतोत्साहीत गरेको आरोप लगाउँदै आएका थिए ।