• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

एन्फा तनहुँद्वारा आयोजित चार दिने कम्युनिटी कोचिङ कोर्स सम्पन्न



तनहुँ । अखिल नेपाल फुटबल संघ (एन्फा) तनहुँद्वारा आयोजित चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ । १८ गते देखि शुरू भएको कोचिङ कोर्स आज आईतबार समापन भएको हो ।

जिल्लाको भिमादस्थित जनज्योति क्याम्पसमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य जीत प्रकाश आलेले प्रशिक्षित खेलाडीहरूलाई प्रशिक्षणको क्रममा लिएको शिप र अभ्यासहरुलाई दैनिक जिवनमा लागु गर्न सुझाव दिए ।

नेपालमा खेलकुद क्षेत्रमा सम्भावना विकास भईरहेकाले खेलाडीहरूलाई निराश नहुन आलेले आग्रह समेत गरे ।

एन्फा नेपालका पूर्व केन्द्रीय सदस्य रत्न कुमार श्रेष्ठ , एन्फाका हेड अफ कोच एजुकेशन सञ्चित सिंह, भिमाद नगरपालिका वडा नं ६ का वडा अध्यक्ष श्याम सुन्दर जोशी, नेपाली काङ्ग्रेस भिमाद नगरपालिकाका सभापति अरविन श्रेष्ठ लगायतले प्रशिक्षित खेलाडीहरूलाई व्यवसायिक बनेर खेलकुद साथै फुटबल क्षेत्रप्रति लागि पर्नुपर्ने सुझाव दिए ।

प्रशिक्षण कार्यक्रममा तनहुँ , गोर्खा, स्याङ्जा र नवलपुर गरी ३० जना प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका छन् । प्रशिक्षार्थीहरुलाई हेड अफ कोच एजुकेशन सञ्जित सिंह, प्रदेश ३ का प्रशिक्षक चेत नारायण श्रेष्ठले प्रशिक्षण दिएका हुन् ।

यस्तै, सो अवसरमा १७ वर्ष मुनिका राष्ट्रिय खेलाडीहरू लछ्छु थापा, राम थापा साथै २० वर्षका मुनिका राष्ट्रिय पुरुष खेलाडी निरञ्जन मल्ल र महिला खेलाडी बिमला विकलाई कदरपत्र र प्रतिव्यक्ति ५ हजारका दरले सम्मान गरिएको एन्फा तनहुँका अध्यक्ष सत्यभक्त पालिखेले जानकारी दिए ।

साथै एन्फा तनहुँले खेलाडीहरूको खेल कौशल वृद्धि गर्नका लागि आगामी दिनमा अझ उत्कृष्ट क्रियाकलाप गर्दै जाने पालिखेले प्रतिवद्धता जनाए ।