११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलबहादुर
अ अ+ अ-

काठमाडौँ । प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोकस्थित हाबुङ्ग–२ मा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म ।

दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पु¥याउनुभएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ । माछाका लागि पिना, सिद्रा, भटमासको धुलो, धानको ढुटोलगायत चाहिन्छ ।

देशका विभिन्न स्थानका माछापालक कृषकबाट भुराको माग हुने गरेको छ । माछा हेर्दा साधारणजस्तो देखिए पनि यसले मानव स्वास्थ्यमा बहुआयामिक फाइदा गर्ने नरम र काँडा कम हुने विशेषता भएकाले पनि तुलनात्मकरूपमा अन्य माछाभन्दा केही महँगो पर्छ ।

सेतो मासु भएकाले उच्च रक्तचाप, मधुमेह, मुटुरोगीलगायतका जुनसुकै बिरामीले पनि खान मिल्ने भएकाले पनि यसको माग बढेको छ । माछामा मानिसको दिमागलाई आवश्यक ‘ओमेगा थ्री’ भन्ने तत्व धेरै पाइन्छ । खोटाङका स्थायी बासिन्दा रहनुभएका फार्मका सञ्चालक राई यो व्यवसायमा आउनुभन्दा अगाडि सामान्य ठेक्कापट्टामा आबद्ध हुनुहुन्थ्यो । माछापालन क्षेत्रमा कुनै अनुभव थिएन । साथीहरूसँग घुम्दै जाँदा सो ठाउँमा पुग्दा प्राकृतिक सुन्दरताले आकर्षित गरेपछि जग्गा किनेर व्यवसाय थालेको उहाँको भनाइ छ । “चौबीसै घण्टा बगिरहने सफा पानी र तापक्रम व्यवस्थापनमा धेरै विधि र प्रक्रिया पु¥याउनुपर्ने हुन्छ । धेरै उत्पादन गर्दा मुनाफा राम्रै छ ।”

उपयुक्त तापक्रम तथा गुणस्तरयुक्त दानाको व्यवस्था भएमा ट्राउट माछा उत्पादन गर्न सकिन्छ । माछालाई रोग लाग्नबाट बचाउन पोखरी सधँै सफा राख्नुपर्दछ, ठीक समय र ठीक मात्रामा दाना दिनुपर्दछ । काठमाडौँबाट साँखु हुँदै जान सकिने उक्त स्थान करिब ३० किलोमिटरको दूरीमा रहेकाले पनि काठमाडौँ उपत्यकाबाट घुम्न आउने, शैक्षिक भ्रमण, सेमिनार, गोष्ठी हुने भएकाले पनि त्यस क्षेत्रमा चाप बढेको छ । कतिपय माछा खान, अवलोकन, सोधपुछ गर्न र व्यवसायीका लागि फार्म राम्रो गन्तव्यस्थल बनेको छ ।

गुणस्तरीय दाना एक किलो खुवाएर एक किलो माछा उत्पादन गर्न सकिन्छ । लामो समयसम्म माछा पाल्दा दानाको खपत बढ्ने र वृद्धिको अनुपात कम हुँदै जाने हुनाले करिब तीन सय ग्रामको तौल भएपछि बिक्री गर्दा नाफा धेरै हुन्छ । खासगरी हिमाली तथा पहाडी भेगमा मूलबाट बहाव हुने चिसो पानी तथा झरनाको स्रोत भएकाले माछाको व्यावसायिक पालन गर्न उपयुक्त मानिन्छ । त्यस क्षेत्रमा खाद्यान्न बाली लगाउन कठिन रहेको अवस्थामा जनताको जीविकोपार्जनका लागि यो क्षेत्र राम्रो आयस्रोतको माध्यम बन्ने सम्भावना देखिएको छ । माछा उत्पादनको लागत धेरै हुँदा स्वभाविकरूपमा लगानी पनि धेरै गर्नुपर्ने भएकाले कृषकलाई आवश्यक लगानी गर्न सरकारी तथा वित्तीय संस्थाबाट विशेष सहुलियत ब्याजदरमा ऋण उपलब्ध हुन आवश्यक छ ।

बढी घनत्वमा बगिरहेको पानीमा पालिने मांसाहारी जातको यो माछा अमेरिकाबाट जापानमा आयात गरी पालिएपछि विस्तारै एसियाका अन्य देशमा विस्तार भएको पाइन्छ । स्वच्छ, सफा र स्वादिष्ट हुने माछा सन् १९६८ मा नेपालमा भुराहरू उत्पादन सुरु गरिएको थियो । सन् १९८८ मा सरकार र जाइका नेपालको संयुक्त पहलमा जापानको मियाजाकी प्रान्तबाट ५० हजार भ्रुण फूल आयात गरी गोदावरीमा हुर्काइएको थियो । हयाचरिङलाई गोदावरी र त्रिशूली मत्स्य अनुसन्धान केन्द्रमा गरिएको परीक्षण कार्यक्रमबाट सोही प्रजातिका माछा विकास गरी पालन कार्यक्रमलाई निरन्तरता दिइएको पशु सेवा विभागका प्रवक्ता डा चन्द्र ढकालले जानकारी दिनुभयो । तत्कालीन समयमा नै माछाको विकासका लागि आवश्यक प्रविधि विकसित गरिएको थियो । यसको व्यावसायिक उत्पादन गर्न सकिने भएकाले सोहीअनुसारका पूर्वाधार आवश्यक हुन्छ । यसको अतिरिक्त शुद्ध नश्लको भुरा र प्राविधिक ज्ञान एवं व्यवस्थापकीय कौशलता भएमा उत्पादनमा सहयोग पुग्दछ ।

ट्राउट माछापालनबाट सफलता पाउनका लागि प्रमुख पूर्वाधार उपयुक्त स्थल छनोट गर्नुपर्ने हुन्छ । स्थल छनोट गर्दा चिसो, सफा र स्वच्छ पानीको स्रोत भएको केही भिरालो जमिन आवश्यक हुन्छ । सडक, विद्युत्, बजार, उत्पादन सामग्रीको उपलब्धता र उत्पादित माछा आवश्यकतानुसार जिउँदै पनि ओसारपसार गर्नुपर्ने भएकाले फार्म रहेको स्थानमा यातायातको पूर्वाधार आवश्यक हुन्छ । माछालाई चाहिने आहारा केही दिनसम्म सुरक्षित राख्न फ्रिज र मिक्सचर प्रयोगका लागि विद्युत्को उपलब्धता अनिवार्य छ । फार्ममा दानाको नियमित आपूर्ति र उत्पादित माछालाई बजारको पहुँच हुनु आवश्यक छ ।

एक मेट्रिक टन माछा उत्पादनका लागि करिब एक सय वर्गमिटर ‘रेसवे’ पोखरीमा न्यूनतम पाँच सय घनमिटर प्रतिदिनका दरले पानीको बहाव निरन्तररूपमा आवश्यक पर्दछ । फार्म निर्माणका लागि छानिएको स्थानमा वर्षैभरि पर्याप्त मात्रामा बगिरहेका पानी हुनु जरुरी रहेको शङ्करापुर–२ स्थित हेभन हिल होटल रिसोर्टका सञ्चालक राकेश तिमिल्सिनाले बताउनुभयो । उपलब्ध पानीको गुणस्तरअनुसार भुरा उत्पादन गर्ने ह्याचरीका लागि संरचना निर्माण तथा खाने माछा मात्र उत्पादनका लागि सुविधा तयार गर्नुपर्छ । ट्राउट माछा बाँच्न, हर्कुन र परिपक्व हुन सफा, चिसो र प्राणवायु (अक्सिजन) पर्याप्त भएको पानी उपयुक्त मानिन्छ । तापक्रम घटबढ भएमा पनि माछा ढिलो बढ्छ र व्यावसायिकरूपमा पालन गर्न फाइदाजनक हुँदैन । कृष्णराज गौतम/हरिराम भेटवाल