९ श्रावण २०८३, शनिबार
,
Latest
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई विवाह र सन्तान उत्पत्तिको प्राकृतिक अनिवार्यता : एक अनुभूति मधेसका १० पालिकामा एकीकृत कृषि कार्यक्रम कार्यान्वयन गरिने मन्त्री चौधरीको भनाइ रुसी जोखिमबीच युक्रेनले सीमा बलियो बनाउँदै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पर्यटन क्षेत्रमा जोड्न बारिष्टा तालिम हुथी विद्रोहिद्वारा साउदी अरेबियामा आक्रमण फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित किभ क्षेत्रमा रुसी क्षेप्यास्त्र हमला, १० जनाको मृत्यु प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन काँकडभिट्टा–लौकही सडक विस्तार तिब्रः पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चालनमा आयो सिके सिनेमाज्



अ+ अ-

काठमाडौँ । सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् शुक्रबारदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गरे ।

नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा छविलाल तिमिल्सेना, किशोर खतिवडा र विवेक तिमिल्सेनाको लगानी रहेको छ ।

अध्यक्ष केसी भने, “सिनेमा हल कलाकार र दर्शकको लागि मन्दिर हो । शहरमा मात्र होइन, वर्तमान समयमा सिनेमा हलको माग गाउँसम्म विस्तार गर्न जरुरी छ । यसले चलचित्र क्षेत्रको विकासमा मद्दत पुर्याउँछ ।”

कार्यक्रममा प्रतिनिधिसभाका सांसद विराजभक्त श्रेष्ठले नागार्जुन क्षेत्रमा उद्घाटन गरिएको उक्त हल सबैको साझा सम्पति भएकाले यसलाई सभ्य ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अत्याधुनिक सुविधासहित सञ्चालनमा आएको सिनेमा हलमा तीन सय ९१ सिट क्षमता रहेको छ । करिब १२ करोड लगानीमा निर्माण भएको सिनेमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको सञ्चालक नरेन्द्र महर्जनले जानकारी दिए । दुई पर्दा रहेको सिके सिनेमाज्मा शुक्रबारदेखि नेपाली सिनेमा छड्के दुई र छक्का पञ्जा चार रिलिज भएका छन् । रासस