• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

ग्रीनसिटी हस्पिटलले गर्‍यो तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन



काठमाडौँ । ग्रीनसिटी हस्पिटलले तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको छ ।

अस्पताले माघ ५ गते ताप्लेजुङ स्थायी घर भइएकी हाल भत्तपुरमा बस्ने ४९ वर्षीया रिता शेर्पाको तिस किलो भन्दा बढी तौल भएको ट्युमरको सफल अप्रेशन गरेको हो ।

अस्पातलले आर्थिक रुपमा कमजोर रहेकी शेर्पालाई नि:शुल्क अप्रेशन गरी नयाँ जीवन दिएको छ । अस्पताले टयुमरको अप्रेशनको लागि पाँच लाख बढी खर्च गरेको र बाहिर अप्रेशन गर्नपरे आठ लाख बढी खर्च लाग्ने बताएको छ । अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको अप्रेशनहरु नि:शुल्क रुपमा गर्दै आएको छ । अप्रेशन अघि शेर्पाको पेटमा तीस केजीको भारीले हिँड्न नमिल्ने,खाना बस्न समेत अफ्ठ्यारो रहेकोमा अहिले सफल अप्रेशनपछि सामान्य अवस्थामा आएको जनाएको छ ।

शेर्पाको अप्रेशन गर्ने अस्पतालकी डा.रुपा झाले बिरामीको तत्काल अप्रेशन गर्दा स्वास्थ्यमा अन्य धेरै जटिल समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न चेकजाँच गरी अप्रेशन सफलतापूर्वक गर्न सफल भएको बताउनु भयो । उहाँले अप्रेशन गर्न साधारण अवस्था नभए पनि सफलताका साथ गर्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

 

अस्पतालले जटिल प्रकृतिका रोगको नि:शुल्क उपचार गर्नको लागि लाखौं रुपैयाँ खर्च गर्ने गरेको पनि बताएको छ ।