२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिक्लेसमा ध्वाँसे चितुवा संरक्षणमा जोड



अ+ अ-

अन्नपूर्ण । कास्कीको मादी गाउँपालिका–१ सिक्लेसले ध्वाँसे चितुवा संरक्षणमा जोड दिएको छ ।

प्रकृतिका साथी संस्थाले बिहीबार यहाँ आयोजना गरेको कार्यशालामा सहभागीले ध्वाँसे जनावरको संरक्षणमा जोड दिएका हुन् । मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले ध्वाँसे चितुवालाई स्थानीय जनावर घोषणा गरी संरक्षणमा जोड दिइरहेको बताउनुभयो ।

गाउँपालिकाको विसं २०७५ कात्तिकमा बसेको कार्यपालिका बैठकले ध्वाँसे चितुवालाई गाउँपालिकाको स्थानीय जनावर घोषणा गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयस्तरमा जनचेतना जगाउँदै प्रत्येक वर्ष ध्वाँसे चितुवा संरक्षणसम्बन्धी मेला तथा कार्यक्रम आयोजना गर्न गाउँपालिका कार्यालयलाई आग्रह गरिने उहाँले बताउनुभयो ।

प्रकृतिका साथीहरु संस्थाका प्रमुख राजु आचार्यले उक्त गाउँपालिकाभित्र ध्वाँसे चितुवाको अध्ययन विभिन्न कोणबाट भइरहेको जानकारी दिनुभयो । संस्थाले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरण तथा राहतस्वरुप अक्षयकोष स्थापना गर्न नगद सहयोग गरेको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।

अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समिति सिक्लेसलाई रु दुई लाख प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । अक्षयकोषबाट प्राप्त ब्याजले जङ्गली जनावरबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि राहत प्रदान गरिने भएको छ ।

तल्लो अन्नपूर्ण क्षेत्रको एक हजार चार सयदेखि तीन हजार पाँच सय मिटर उचाइमा पाइने ३० प्रजातिमध्ये यो विश्वव्यापीरूपमा संवेदनशील सूचीमा छ । आइयुसीएनले नेपालभित्र भने यसलाई सङ्कटापन्नको सूचीमा राखेको छ । सन् २०१० मा भएको एक कार्यशालाअनुसार नेपालमा करिब एक सयको हाराहारीमा ध्वाँसे चितुवा रहेको अनुमान गरिएको छ ।

कार्यक्रममा मादी–१ सिक्लेसका उमरबहादुर गुरुङ सन्तोषलाई ध्वाँसे चितुवा संरक्षणदूतका रुपमा संस्थामार्फत प्रमाणपत्र प्रदान गरिएको थियो । रासस