२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी पुल झिलीमिली



अ+ अ-

चितवन । गत जेठमा हावाहुरीले सम्पूर्ण विद्युत् पोल ढालेसँगै अन्धकार बनेको नारायणगढस्थित नारायणी पुल झिलीमिली बनेको छ ।

भरतपुर महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाले पुलमा पोल राखेर स्मार्ट बत्ती जडान गरेसँगै पुल क्षेत्र झिलीमिली बनेको हो ।

महानगर प्रमुख रेनु दाहालले पुलमाथिका स्मार्ट बत्तीको बिहीबार साँझ शुभारम्भ गर्नुभएको हो । डिजिटल पद्धतिबाट पोलमा बत्ती बाल्न मिल्ने गरी जडान गरिएको छ । प्रमुख दाहालले महानगरलाई उज्यालो सहर बनाउने अभियानअन्तर्गतको पहिलो चरणमा नदीको पुलमाथि १४ वटा पोलमा बत्ती जडान गरिएको बताउनुभयो । ती बत्ती साँझको समयमा आफैँ बल्ने र चहकिलो एवं मधुरो बनाउन मिल्ने छ ।

उहाँले भन्नुभयो, “अँध्यारोले रातको समयमा हिँड्डुल गर्नेलाई समस्या भएको थियो, बत्ती बालेसँगै समस्या हल भएको छ ।”

Image

प्राधिकरणसँग महानगरले साझेदारीमा नगर क्षेत्रमा स्मार्ट बत्ती जडान गरिरहेको छ । यो पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैँडाकोट नगरपालिकाको गैँडाकोट जोड्दछ । यही बाटो हुँदै पूर्वपश्चिम राजमार्ग आवतजावत गर्ने सवारी साधन पनि चल्ने गर्दछन् । पुलमा बत्ती बालेसँगै यात्रु लाभान्वित भएका हुन् ।

महानगरले पहिलो चरणमा ७८ दशमलव एक किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती राख्ने काम अन्तिम चरणमा पुर्‍याएको छ ।

दोस्रो चरण अन्तर्गत भरतपुरका विभिन्न स्थानहरुमा कुल ११८ कि.मि सडक बत्ती (३९३५ वटा), ६० मिनि मास्ट र १० हाईमास्ट जडान गरिने मेयर दाहालले जानकारी दिनु भएको छ। भरतपुरमा पहिलो चरणमा ७८.२ कि.मि सडक बत्ती (१९०० वटा) र हाईमास्ट जडान गरिसकिएको छ। यसरी यो अभियानमा भरतपुरभित्र ६००० वटा भन्दा धेरै स्मार्ट बत्तीहरु जडान हुनेछन। रासस