• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा

अवरुद्ध डुम्रे–बेँसीसहर सडक सञ्चालनमा



तनहुँ । सुक्खा पहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे बेँसीसहर सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा सुक्खा पहिरा हटाएसँगै आज बिहानदेखि पुनः सञ्चालनमा आएको हो । अघिल्लो भदौ महिनामा पहिराले पक्की सडक भत्काएपछि सो स्थानमा गत वर्ष पुनः पहिरा गएपछि वैकल्पिक सडक खुलाइएको सो स्थानमा ढुङ्गा माटा झरेर अवरुद्ध भएको थियो ।

माथिबाट झरेको ढुङ्गा माटा डुम्रे बेँसीसहर चामे योजना सडक कार्यालय लमजुङका डोजरले पहिरा हटाएपछि रोकिएर बसेको विभिन्न सवारी साधन पुनः सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार बेँसीसहरबाट काठमाडौँ, पोखरा, चितवन, गोरखा, तनहुँ जाने र सो स्थानबाट बेँसीसहर आउने सवारी साधन सञ्चालन भएसँगै यात्रु हर्षित भएका छन् । बयालीस किलोमिटर रहेको यस सडकखण्डमा सबैभन्दा बढी यहाँ समस्या भइरहेको छ । दिनहुँजसो सुक्खा पहिराले पटक पटक सवारी साधन रोकिँदै आएको छ ।

पहिरो ठूलो रहेकाले तत्काल दिगोरुपमा समाधानसमेत गर्न सक्ने अवस्था छैन । यस पहिरो मर्मत गर्नका लागि रु २० करोडमा ठेक्कासमेत गरिसकेको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । हिउँदमा जसोतसो सवारी साधन चल्दै आए पनि वर्षामा भने ठप्प हुने देखिन्छ । यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्छन् ।

यस सडक अवरुद्धका कारण उनीहरुलाई समेत समस्या हुने गर्दछ । यस सडक अवरुद्धका कारण अन्य सार्वजनिक सवारी साधन रोकिनु सामान्य कुरा भए तापनि यस पहिरामा आकस्मिक एम्बुलेन्ससमेत रोकिनुपर्ने अवस्था छ । रासस