२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाइब्रेकरमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन युरो २०२० को सेमिफाइनलमा



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत स्विट्जरल्यान्डलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान बनाएको छ । 

निर्धारित समयको खेल र अतिरिक्त समय १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । 

खेलको सुरुवातदेखि नै बल पोसेसन आफ्नो पक्षमा पारेको स्पेनले आठौं मिनेटमा नै अग्रता लिएको थियो । स्वीट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाती गोल गरेपछि स्पेनले अग्रता बनाएको हो । 

खेलको ६८ औं मिनेटमा स्वीट्जरल्यान्डका जेर्डान शाकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७७ औं मिनेटमा रेमो फ्रेउलेरले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि स्वीट्जरल्यान्ड १० खेलाडीमा सिमित भएको थियो । 

अब स्पेनको सेमिफाइनलमा इटाली र बेल्जियमको विजेतासँग भेट हुनेछ ।