५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टू: करणले लिए नेपालको लागि पहिलो विकेट



file
अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा यूएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भईरहेको खेलमा नेपालका तिब्र बलर करण केसीले नेपालको लागि पहिलो विकेट लिएका हुन् । करणले यूएईका ओपनर मूहम्मद वसिमलाई आउट गराए ।

आजको खेलमा तीब्र गतिका बलर प्रतिश जिसीको स्थानमा स्पिनर सन्दीप लामिछानेलाई राखिएको छ ।

लिग २ मा यसअघि लगातार पाँच जित निकालेको नेपाल आजको खेलमा यूएईलाई पराजित गर्दै आफ्नो जितलाई निर्न्तरता दिन चाहान्छ । यस सिरिजको पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो ।

नेपाल २९ खेलमा १३ जित र १४ हारसहित २८ अंक गरी अंकतालिकाको छैटौं स्थानमा छ । यता, युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ ।

नेपालको प्लेइङ ११:
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने,