२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

विवाहसँग जोडिएका यी ८ गोप्य कुरा

विवाहसँग जोडिएका यी ८ गोप्य कुरा
अ अ+ अ-

काठमाडौं । मागी विवाह होस् वा प्रेम विवाह, भनिन्छ जोडि स्वर्गमा नै बन्ने गर्दछ र यदि तपाईंकी आमा तपाईंको जीवनको यो नयाँ मोडमा तपाईंको मार्गनिर्देशक बन्नु हुन्छ भने तपाईंको जीवन निकै सजिलो हुनेछ ।

तपाईंको आमाको सहि मार्गनिर्देशनले तपाईंको श्रीमान् र सासू खुसी हुने छन् । यहाँ विवाहसँग जोडिएका त्यस्ता गोप्य कुराको बारेमा बताइएको छ जसलाई प्रत्येक आमाले आफ्नी छोरीसँग बाँड्न आवश्यक छ ।

१. कुनै पनि सम्बन्धमा सकारात्मक तरिकाले प्रवेश गर्नुहोस् र त्यसलाई निरन्तरता दिनुहोस् : स्नेह, निस्वार्थता र कृतज्ञतालाई आफ्नो गहना बनाएर नयाँ सम्बनधमा प्रवेश गर्नुपर्ने कुरा विवाह हुन लागेकी छोरीलाई आफ्नी आमाले सिकाउन आवश्यक छ । यदि यस्तो गुण तपाईंमा छैन भने अब तपाईंले आफ्नो नयाँ कदममा पुनर्विचार गर्नुपर्ने हुन्छ । एक्लै हुने डर अथवा कुनै सामाजिक दबाबको कारण कसैको सम्बन्धमा रहनु ठिक होइन । नयाँ सम्बन्धलाई वास्तविक मायासँगै स्विकार गर्नुपर्ने हुन्छ ।

२.प्रेमको परिक्षण नगर्नुहोस् : यदि तपाईं कसैलाई माया गर्नुहुन्छ भने त्यसलाई पुष्टि गर्नको लागि उनलाई आगोसँग खेल्न आदेश दिनुहुन्छ रु कसैको प्रेमको परिक्षा लिनु भनेको आगोसँग खेल्नु बराबर हो । एक प्रकारले यो कसैको डर र असुरक्षाको प्रतिक हो । छोरीहरुलाई आफूमाथि, आफ्ना श्रीमानमाथि र आफ्ना सम्बन्धमाथि बिना कुनै शर्त विश्वास राख्नुपर्ने शिक्षा दिन आवश्यक छ । यसले उनी एक स्वच्छ सम्बन्ध बिस्तारको लागि तयार हुनेछिन् । आफ्नो जिन्दगी, कोही अर्को व्यक्तिसँग बाँड्ने सोच थोरै डराउने किसिमको हुन्छ तर के यो जीवनको यात्रामा पाइने पुरस्कार होइन ?

३. प्रेमलाई भित्रैबाट प्रष्फुटित हुन दिनुहोस् : तपाईं अरुलाई त्यतिबेलासम्म माया र सम्मान दिन सक्नुहुन्न जबसम्म तपाईं स्वयंलाई माया र सम्मान दिनुहुन्न । विवाहपछि तपाईं आफ्ना सासू–ससूरासँग एउटा नयाँ घरमा बस्नुहुन्छ तर उनीहरुसँगको तपाईंको सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ । तपाईंले केहि कुराहरु आफ्नो लागि नभई आफ्नो परिवारका लागि पनि गर्नुपर्ने हुन्छ । कहिलेकाँही आफूलाई कम महत्व दिएर उनीहरुलाई बढि महत्व दिनुपर्ने हुन्छ । चिन्ता नगर्नुहोस्, यदि तपाईंको मनैदेखि उनीहरुप्रति प्रेम जागृत भइरहेको छ भने उनीहरुको जीवनमा वसन्त ल्याउन तपाईंलाई कसैले रोक्न सक्दैन ।

४. प्रेम र सास फेर्ने ठाउँ दिनुहोस् : प्रत्येक सम्बन्ध झाँगिन समय र व्यक्तिगत स्थानको आवश्यकता पर्ने गर्दछ । आफ्नी छोरीलाई यो विषयमा ज्ञान दिनुहोस् कि उनले आफ्ना श्रीमानलाई सास फेर्नको लागि ठाउँ दिउन् । आफ्नी छोरीलाई उनको रुची र सोखहरुलाई जीवित राख्ने कुरा सिकाउनुस् । यसका साथसाथै उनलाई साथीहरुसँग समय बिताउन र कहिले काँही एक्लै समय बिताउनुपर्ने कुराहरु पनि सिकाउनुहोस् । उनलाई आफू पूर्ण भएको अनुभव हुन आवश्यक छ । रोमान्टिक मायाको लागि धेरै स्थान हुने गर्दछ ।

५. आत्मिक विकास : एउटी आमाले आफ्नी छोरीलाई त्यस्तो आहार दिनुपर्ने हुन्छ जसमा आत्मसम्मान र अत्मविश्वासको मात्रा अत्यधिक होस् । तपाईंको आत्मविश्वासले तपाईंलाई विवाहपछि पनि परिवर्तन हुनुपर्ने वातावरण सृजना गर्दैन । आफ्नी छोरीलाई सिकाउनुस् कि यदि कसैले तपाईंलाई परिवर्तन गर्ने प्रयत्न गर्छ भने ती व्यक्ति तपाईंको सच्चा मित्र हुनै सक्दैन । छोरीहरु याद गर्नुहोस्, यदि तपाईं आफैँलाई विश्वास गर्नुहुन्न भने तपाईंलाई अरु कसैले पनि विश्वास गर्दैन ।

६. तपाईंको शरिर केवल इच्छापूर्तीको लागि मात्र होइन : प्रत्येक आमाले आफ्नी छोरीलाई आफ्नो शरिरलाई माया गर्न सिकाउन आवश्यक छ जुन आत्मसम्मान सिक्ने जस्तै छ । तपाईंको शरिरलाई खुसीको आवश्यकता हुन्छ । यो उपयोग गर्नको लागि मात्र बनेको होइन । यदि तपाईं उनलाई यस्तो कुराहरु सिकाउनु हुन्न भने अरु कसले सिकाउँछ रु आफ्नी छोरीको जीवनसाथीले उनलाई माया नगरी त्यसको उपभोग मात्र गरिरहेको छ कि साँच्चै माया र केयर गरेर देखभाल पनि गरिरहेको छ भन्ने कुराको ज्ञान दिनुहोस् । यो विषयमा सकारात्मक कुरा गर्नाले उनले आफैँ यो विषयमा पहल गर्नेछिन् ।

७. विवाहको अर्थ समर्पण नभई क्षमा हो : विवाह पछिको केहि महिना निकै चुनौतीपूर्ण हुने गर्दछ । विशेष गरि मागी विवाह गरेका महिलाहरुका लागि । आफ्नो कमी कमजोरीलाई स्विकार गर्नुपर्ने सिकाउनुपर्ने हुन्छ जसले तपाईंको छोरीले आफ्ना श्रीमानलाई सजिलै सँग अपनाउन सक्छिन् । आफ्नो कमी कमजोरी थाहा पाएकी तपाईंकी छोरीले कुनै पनि मानिस शत प्रतिशत गुणी हुन सक्दैन भन्ने बुझिसकेकी हुन्छिन् ।