२९ भाद्र २०८३, सोमबार
,
Latest
पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह नागरिक लगानी कोषको पुँजी, लगानी र सञ्चालन दायरा विस्तार गर्नेगरी नयाँ कानुन बन्दै कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहिलेकाहीँ किन निदाउँछ हातगोडा, यस्तो छ कारण



अ+ अ-

काठमाडौं । कहिलेकाहीँ हामी बसिरहँदा हात वा गोडा निदाइदिन्छ अनि झनन्न भएको अनुभव हुन्छ । लामो समय एउटै पोजिसनमा बस्दा गोडा निदाउँछ भने हात टेकेर वा थिचेर बस्दा पनि निदाउँछ । हातगोडा झट्कारेको केही क्षणपछि बल्ल तिनीहरू ठीक ठाउँमा आउँछन् ।

किन यसरी हातगोडा निदाउँछन् त ? अनि यसरी तिनीहरू निदाउनु खतरनाक त होइन ? आउनुस् जानौं यसका बारेमा । 

खासमा हाम्रो हात वा गोडामा पर्याप्त मात्रा अक्सिजन नपुग्दा तिनीहरू शिथिल हुन्छन् र यसको सन्देश मस्तिष्कमा पुग्छ । अनि मस्तिष्कले ती अंगहरूमा झनन्न उत्पन्न गरिदिन्छ र हामीलाई हातगोडा चलाउनका लागि बाध्य बनाउँछ । 

यसरी हातगोडा निदाउनु सामान्य कुरा हो । तर एक दिनमा धेरैचोटि यस्तो भयो भने र लामो समयसम्म झनन्न ग–यो भने चाहिँ चिकित्सकलाई देखाइहाल्नुपर्छ । यो स्लिप डिस्क, मल्टीपल स्क्लेरोसिस वा मधुमेहको कारणले भएको हुनसक्छ ।