२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar हराउन थाले दसैँका परम्परागत पिङ News Polar बूढीगण्डकी बाढीको  प्रतिकार्य तीव्रः नेपाल रेडक्रस News Polar अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्न थाल्यो News Polar कुरिनटारस्थित इच्छाकामना आधारभूत अस्पताल : नयाँ भवन बन्यो, आवश्यक जनशक्ति छैन News Polar विद्यालयको सुरक्षा गर्न खैराङका सामुदायिक विद्यालयमा ‘घेराबारा’ News Polar बेगमा वडा र स्वास्थ्यचौकीको भवन निर्माण News Polar सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट News Polar आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ : कोइराला

कांग्रेसमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्छ : कोइराला
अ अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता सुजाता कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिति हुनुपर्ने बताउनुभएको छ ।    

नेपाल ट्रेड युनियन कांग्रेसले आफ्ना संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबार आयोजित ‘कांग्रेस महाधिवेशन र श्रमजीवी’ विषयक भर्चुअल अन्तक्र्रियामा उहाँले लोकतन्त्र स्थापनमा श्रमिकको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको हो । 

पूर्व उपप्रधानमन्त्री कोइरालाले मुलुकमा प्रजातन्त्र ल्याउनदेखि हरेक आन्दोलनमा श्रमजीवी वर्गले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी महाधिवेशनमा श्रमिकको सम्मानजनक उपस्थिती हुनुपर्ने बताउनुभयो । वर्तमान सरकारले श्रमिकको समस्या समाधान गर्न नसकेको उहाँको भनाइ थियो । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसको रुपान्तरणका लागि श्रमिकको महन्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । पार्टी र श्रमिक सँगसँगै गएमात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो । प्रवक्ता शर्माले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभयो ।

कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले दुई तिहाइ बहुमतसाथ स्थापना भएको वर्तमान सरकारले जनताको संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको बताउनुभयो । केन्द्रीय सदस्य सीता गुरुङले श्रमिकसँग कांग्रेसलाई जोड्न सकेमात्र पार्टी र लोकतन्त्र बलियो हुने बताउनुभयो । ट्रेड युनियनका पुस्कर आचार्यले कांग्रेसले श्रमिक पक्षीय नीति निर्माण गरी वडा तहदेखि केन्द्रसम्म श्रमिक प्रतिनिधित्व गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादव, उपाध्यक्ष अजयकुमार राई, केन्द्रीय सदस्य बलदेव तामाङ, प्रदेश २ का अध्यक्ष लक्ष्मण कुर्मीलगायतले श्रमजीवीको मुद्दा  र उपस्थिति गराउने विषयमा कांग्रेस नेतृत्व उदासिन रहेको बताउनुभएको थियो ।