२९ भाद्र २०८३, सोमबार
,
Latest
कन्काइ पुल अलपत्र पार्नेलाई जरिवाना देउवा पक्षद्वारा संस्थापनको महाधिवेशनसम्बन्धी निर्णय अस्वीकार नेवार समुदायमा चथा पर्व मनाइँदै ट्रम्प प्रशासनद्वारा विद्युत् केन्द्रका कार्बन उत्सर्जन सीमा खारेज गर्ने तयारी उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम भानुआटुमा डुङ्गा दुर्घटनामा ३० भन्दा बढी बेपत्ता संगीत रत्न शम्भुजीत बासकोटा ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६’बाट सम्मानित भक्तपुरमा केदारनाथ मन्दिर खुलाः साँझ महाआरती गरिँदै संक्रामक पशुरोग नियन्त्रणका लागि नयाँ कोष बनाउने सरकारको नीति छैन : कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषलाई लाजमर्दो बनाउँछन् यी कुराले



अ+ अ-

काठमाडौं । पुरुषहरूलाई कैयौं कारणले लाजमर्दो स्थितिमा पुर्याउँछन् । कतिपय पुरुषलाई कपाल खसेर अनि कतिपयलाई पाइताला गनाएर लाजमर्दो स्थिति आउँछ । यसबाट बच्ने उपाय हामी बताउँछौं ।

मोटोपना : अनियमित र गलत खानपानका कारण मानिसहरू मोटोपनाको शिकार हुन पुग्छन् । यसबाट बच्नका लागि दिनदिनै लौकाको जुस पिउने गर्नुस् । यसले मेटाबोलिजम बढाउँछ र मोटोपना तीव्रताका साथ कम गर्छ ।

अनावश्यक रौं : पुरुषको छाती र पिठ्युँमा भुत्ला पलाएर फोहोरी देखिने बनाउँछ । यसको उपाय भनेको बेसार र दही मिसाएर छालामा दल्नुस् । अनि सुकेपछि हलुका हातले रगड्नुस् र धुनुस् ।

तालुचिण्डे : यसका लागि मेथीका दाना र काला दाना (कलौंजी) को पेस्ट नरिवलको तेलमा मिसाउनुस् । यसो गर्दा तालु खुइलिने समस्याबाट मुक्ति पाइन्छ ।

पाइताला गनाउने : पाइताला गनाएमा बेसनमा दही मिसाएर लगाउनुस् । दुर्गन्ध भाग्छ ।

कपालको चायाँ  : बेकिङ सोडामा दही हालेर कपालमा लगाउनुभयो भने चायाँ हटेर जान्छन् ।