२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दरौंदीको बाढीले बगायो बारपाक जोड्ने पुल



अ+ अ-

काठमाडौं । अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुल बगाएको छ। शुक्रबार बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।

स्थानीय प्रदीप घलेका अनुसार अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग बाढीले बगाएसंगै गोरखा-बारपाक सडक अवरुद्ध भएको छ।

केहीदिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पुर्याएको छ ।

स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको हो ।